‘कोभिड–१९’बाट आठ लाख ९६ हजार बढीको मृत्यु
काठमाडौं, भदौ २४
विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ९६ हजार नौ सय २६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मंगलबार जानकारी दिएको छ । सो संगठनका अनुसार विश्वमा दुई करोड ७४ लाख ९२ हजार नौ सय ८२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस संक्रमित एक करोड ९५ लाख ९२ हजार दुई सय ८० व्यक्ति कोरोनामुक्त भएका छन् ।
हाल विश्वमा ७० लाख तीन हजार सात सय ७६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ६० हजार दुई सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना भाइरसबाट अत्यन्त प्रभावित दशवटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्यांक यी रहेका छन् ।
अमेरिकामा ६४ लाख ८५ हजार पाँच सय ७५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यहाँ ३७ लाख ५८ हजार छ सय २९ जना कोरोना भाइरस मुक्त भएका छन् भने एक लाख ९३ हजार पाँच सय ३४ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । भारतमा ४२ लाख ८० हजार चार सय २२ जना कोरोना भाइरस संक्रमित छन् । यहाँ ३३ लाख २३ हजार नौ सय ५० कोरोना भाइरसमुक्त भएका छन् भने ७२ हजार आठ सय १६ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४१ लाख ४७ हजार सात सय ९४ जना कोरोना भाइरस संक्रमित रहेका छन् । यहाँ ३३ लाख ५५ हजार पाँच सय ६४ कोरोना भाइरसमुक्त भएका छन् भने एक लाख २७ हजार एक जनाको मृत्यु भएको छ । रुस १० लाख ३० हजार छ सय ९० जना कोरोना भाइरस संक्रमित रहेका छन । यहाँ आठ लाख ४३ हजार दुई सय ७७ कोरोना भाइरसमुक्त भएका छन् भने १७ हजार आठ सय ७१ जनाको मृत्यु भएको छ । पेरुमा छ लाख ९१ हजार पाँच सय ७५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख २२ हजार दुई सय ५१ जना कोरोना भाइरसमुक्त भएका छन् भने २९ हजार नौ सय ७६ जनाको मृत्यु भएको छ ।
कोलम्बिया छ लाख ७१ हजार आठ सय ४८ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख २९ हजार दुई सय ७९ कोरोना भाइरसमुक्त भएका छन् भने २१ हजार छ सय १५ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकामा छ लाख ३९ हजार तीन सय ६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ पाँच लाख ६६ हजार पाँच सय ५५ कोरोना भाइरसमुक्त भएका छन् भने १५ हजार चार जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा छ लाख ३७ हजार पाँच सय नौ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ चार लाख ४६ हजार सात सय १५ कोरोना भाइरसमुक्त भएका छन् भने ६७ हजार सात सय ८१ जनाको मृत्यु भएको छ । स्पेनमा पाँच लाख २५ हजार पाँच सय ४९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २९ हजार पाँच सय १६ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिनामा चार लाख ८८ हजार सात जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यहाँ तीन लाख ५७ हजार तीन सय ८८ कोरोना भाइरसमुक्त भएका छन् भने १० हजार एक सय २९ जनाको मृत्यु भएको छ । रासस/एएफपी
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया