एक वर्षमा झण्डै एक खर्ब रुपैयाँबराबरको सेयर सूचीकृत
काठमाडौं, भदौ ३१
नेपाल स्टक एक्सचेन्जमा एक आर्थिक वर्षमा झण्डै एक खर्ब रुपैयाँबराबरको थप सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार २०७६/०७७ मा ३१ अर्ब ९४ करोडबराबरको डिबेन्चर, २८ अर्ब १५ करोडबराबरको बोनस सेयर, १३ अर्ब ६४ करोडबराबरको साधारण सेयर, पाँच अर्ब ७५ करोडबराबरको म्युचुअल फण्ड, चार अर्ब ६९ करोडबराबरको हकप्रद सेयर र १५ अर्ब १४ करोड बराबरको अन्य गरी कुल ९९ अर्ब ३० करोडबराबरको थप धितोपत्र सूचीकृत भएका हुुन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा नेपाल धितोपत्र बोर्डले २३ अर्ब ४५ करोडबराबरको डिबेन्चर, चार अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, तीन अर्ब ९९ करोडबराबरको साधारण सेयर र एक अर्ब ८० करोडबराबरको म्युचुअल फण्ड गरी ३३ अर्ब ६६ करोडबराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको हो ।
प्रतिवेदनअनुसार २०७६ असार मसान्तमा १२ सय ५९ विन्दु रहेको नेप्से सूचकांक २०७७ असारमा १३ सय ६२ दशमलव चार विन्दुमा पुगेको छ । २०७७ असार मसान्तमा धितोपत्र बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । २०७६ असार मसान्तमा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब ५० करोड रहेको थियो ।
बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २०७६ असार मसान्तमा ४५ दशमलव तीन प्रतिशत रहेकोमा २०७७ असार मसान्तमा ४७ दशमलव छ प्रतिशत पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या भने पछिल्लो अवधिमा दुुई सय १२ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४७ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र पाँच अन्य समूहका छन् ।
प्रतिवेदनअनुसार २०७६ असारमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय १५ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ७८ दशमलव दुुई प्रतिशत रहेको छ ।
त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा पाँच दशमलव चार प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा तीन दशमलव सात प्रतिशत, होटेलको हिस्सा एक दशमलव एक प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव तीन प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ११ दशमलव तीन प्रतिशत रहेको छ । यस अवधिमा स्टकमा सूचीकृत चार अर्ब ८३ करोड सेयरको चुक्ता मूल्य भने चार खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ पुुगेको प्रतिवेदनमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया