नारायणी अस्पतालमा प्रसूतिसहित सम्पूर्ण जनरल सेवा सञ्चालन
बीरगञ्ज ।
पर्सामा चिकित्सक, स्वास्थ्यकर्मीलगायत अस्पतालका कर्मचारी क्रमशः स्वस्थ हुँदै गएपछि नारायणी अस्पतालमा प्रसूतिसहित सम्पूर्ण जनरल सेवा सुरू भएको छ । लकडाउन तथा निषेधाज्ञा सुरू भएको एक महिनापछि कोभिड अस्पतालमा परिणत भएको नारायणी अस्पताल त्यसको एक महिनापछि पुनः जनरल अस्पतालमा परिणत भएको थियो ।
जनरल अस्पतालमा परिणत भएपछि सेवा सुचारु भएको एक महिनामै पर्सामा संक्रमण बढेर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी गरी ७१ जनाभन्दा बढी संक्रमित भएपछि ओपीडीलगायतका जनरल सेवा ठप्प गरी आकस्मिक सेवा मात्र सञ्चालनमा थियो । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी क्रमशः कोभिडमुक्त हुँदै गएपछि अस्पतालले फेरि बिस्तारै सम्पूर्ण सेवा सुचारु गर्दै गरेको र ओपीडीसहितको जनरल सेवा सुरू भएको हो नरायणी अस्पतालको प्रवक्ता तथा वरिष्ठ चर्म रोग विषेशज्ञ डा. अतुलेस चौरसियाले बताए । प्रवक्ता तथा वरिष्ठ चर्म रोग विषेशज्ञ डा. चौरसियाले बताएअनुसार नारायणी अस्पतालले ओपीडी सेवा दैनिक २५ जना बिरामीलाई हेर्नेगरी सञ्चालनमा ल्याएको छ ।
क्याटेगोरी : नेपाल, बिबिध
ताजा अपडेट
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
- राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
- महिन्द्रा उत्सव योजनाका लक्की ड्र विजेताहरूलाई पुरस्कार हस्तान्तरण
- भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद
- विश्वविद्यालय र उद्योगहरूबीच सहकार्यको सम्भावनाका बारेमा छलफल
- मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक: नाडा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया