सोलुखुम्बु ।
मौसम प्रतिकुल बन्दा बहराइनी राजकुमार मोहम्म हामिद मोहम्म अल खलिफासहितको टोली एक दिन ढिलो गरी खुम्बु आइपुगेको छ । राजकुमार खलिफासहितको टोली बिहीबार बिहान ११ बजे खुम्बु आइपुगेको हो । बुधबार नै खुम्बु आउने कार्यक्रम भए पनि मौसम प्रतिकूलताका कारण एक दिन ढिलो गरी टोली खुम्बु आइ पुगेको तेन्जिङ हिलारी विमानस्थलका प्रमुख मुकेशराज दाहालले जानकारी दिए । सोलुखुम्बुमा रहेको लबुचे हिमाल आरोहणका लागि बिहीबार कैलाश एयरको हेलिकोप्टरमार्फत राजकुमारको टोली खुम्बु आएको हो ।
राजकुमारको टोलीमा १८ जना सदस्य रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । जसमा १५ जना बहराइनी र तीनजना बेलायती नागरिक रहेको बोर्डले जनाएको छ । लकडाउनपछि हिमाल आरोहणनका लागि खुम्बु क्षेत्र आउने यो पहिलो टोली भएको बताइएको छ । हिमाल आरोहणकै लागि टोली आएकाले स्थानीय व्यापारी समेत उत्साहित बनेका छन् ।
खुम्बु क्षेत्रको पर्यटन व्यवसाय तथा होटल व्यवसायमा राम्रो प्रभाव पर्ने विश्लेषण गरिएको छ । करिब ६ महिनादेखि सुनसान भएको खुम्बु क्षेत्रमा चहलपहल बढ्ने आस समेत गरिएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमारसहितको टोली भदौ ३१ गते नेपाल आएको थियो ।
यो टोलीले लबुचे हिमाल आरोहणपछि गोरखामा रहेको मनास्लु हिमाल आरोहणका लागि प्रस्थान गर्ने कार्य तालिका रहेको छ । विश्वव्यापी कोरोना महामारीको बीच लामो समयपछि मंगलबार दुई जना जर्मन नागरिकहरू पनि खुम्बु भित्रिएका छन् । उनीहरू काठमाडौँबाट पीसीआर परीक्षण गराएर खुम्बु आएको गाउँपालिकाले जनाएको छ । लामो समयपछि खुम्बु आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया