भेस्पा अप्रिलियाको दशैँ तिहार योजना सार्वजनिक
काठमाडौँ ।
नेपालमा भेस्पा र अप्रिलिया स्कुटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एन्ड सन्स प्रालिले दशैँ तिहारलाई लक्षित गरी बडा दशैँ तिहार योजना सार्वजनिक गरेको छ । यस योजनामा भेस्पा र अप्रिलिया किन्न इच्छुक ग्राहकहरुले स्क्र्याच कार्डमार्फत पाँच हजारदेखि ५० हजार रुपैयाँसम्मको नगद छुट र शून्य प्रतिशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् ।
साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुटमाट, स्कुटर कभर र कि–रिङको साथै एक आर्थिक वर्षको फ्रि रोड ट्याक्स र १५० सीसी भेस्पाको खरिदमा १० हजार रुपैयाँबराबरको फ्री पेरिमिटर किट पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले अनलाइनबाट नै स्कुटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्रि डेलिभरी समेत गराउने गरेको छ । कोभिड–१९ को महामारीले गर्दा नेपाली अर्थ व्यवस्था तथा उपभोक्तामा ठूलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रालाई प्राथमिकता दिँदै उपभोक्तालाई खरिदमा सहज बनाउन यो योजना सार्वजनिक गरिएको दुगर ब्रदर्स एन्ड सन्स प्रालिका उपाध्यक्ष विजय महतोले बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया