बतासे झरनाले फेरियो धारापानी, व्यवसायी बन्दै स्थानीय बासिन्दा
धन बहादुर जप्रेल
कञ्चनपुर ।
शुक्लाफाँटा नगरपालिका ८ स्थित चुरेमा बतासे झरना पर्यटकीय गन्तव्य बनेपछि धारापानीका स्थानीयले पसल सञ्चालनमा ल्याएका छन् । धारापानी गाउँ भएर बतासे झरना जाने पर्यटकका लागि पसल खोलिएका हुन् । अहिले धारापानी बस्तीमा आधा दर्जन पसल खुलिसकेका छन् । केहीका पसल सञ्चालनमा आउन बाँकी छन् । धारापानीबाहिरका पनि पसल खोल्न गाउँमा जाने गरेको स्थानीय बताउँछन् ।
धारापानीका स्थानीय साइमले धामीले बतासे झरनामा पर्यटक आउन थालेपछि पसल सञ्चालन गर्न थालिएको बताए । ‘त्यसअघिसम्म यो बस्तीमा एउटा मेरो मात्रै(त्यो पनि घर)मा मात्रै पसल थियो, अहिले त पाँच/छ ओटासम्म खुलिसकेका छन्, अरु पनि खुल्ने क्रम जारी छ ।’ बतासे झरना पर्यटकीय गन्तव्य बनेपछि धारापानी क्षेत्रमा जग्गाको भाउ समेत बढेको छ । स्थानीयका अनुसार पहिला हजार नपाइने जग्गा अहिले लाखमा पुगेको छ ।
‘यो जङ्गलको बीचमा यस्तो होला भन्ने त सोचेको थिएनौँ, एकाएक यस्तो भयो’ धामीले भने । धामीले दैनिकरूपमा बतासे झरना आउनेको भीड हुने बताए । बतासे झरनाको पर्यटन प्रवर्द्धनमा वडा अध्यक्ष बहादुर महरा सक्रियरूपमा लागेका छन् । धारापानी खोलामा बनेको झरनासम्म पुग्न वडा कार्यालयले सडकको ट्र्याक खोलिएको छ । धारापानी क्षेत्र पूर्व–पश्चिम राजमार्गको झलारीदेखि पाँच किलोमिटर उत्तरमा छ । धारापानी हुँदै झरनासम्म पुग्ने बाटो बनाइएको छ । यसअघि झरना पुग्न बाटोको समस्या थियो ।
बतासे झरनालाई स्थानीले निलताल पनि भन्ने गरेका छन् । स्थानीय तह निर्वाचनपछि अध्यक्ष महराले झरनाको प्रचारप्रसार गरी व्यापक बनाएका हुन् । त्यसअघि झरनाबारे स्थानीयबाहेक अरु कसैलाई पनि थाहा नभएको स्थानीय धामीले बताए । ‘गोठालो जाने र घाँस काट्न जानेले मात्रै झरनाको पानीमा नुहाएर फर्किन्थे,’ उनले भने, ‘अहिले त प्रचार भएर यस्तो भयो ।’ धारापानीमा २०२४ मा बस्ती बस्दा देखिएको झरना अहिले पनि त्यस्तै भएको स्थानीय बताउँछन् ।
झरना पर्यटकीय गन्तव्य बनेपछि स्थानीयले तरकारी, फलफूलसहित गाई भैँसी पालन समेत गर्ने सोच बनाएका छन् । ‘तरकारी, फलफूल सबै बिक्री हुन्छ, बेच्नलाई बाहिर नै जान पर्नेछैन’ स्थानीय धामीले भने । बतासे झरना नजिक वडा कार्यालयले धारापानी गाउँ नजिकैको खोला बगरमा पिकनिक स्पट र विश्रामस्थल बनाउने योजना अघि सारेको छ । ‘पदमार्ग र विश्रामस्थल निर्माणका लागि प्रारम्भिक लागत अनुमान(डीपीआर) बनाउने कार्य गरेपछि बजेटका लागि प्रदेश र केन्द्र सरकारलाई प्रस्ताव गर्छौँ’, उनले भने ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- बिनाविभागीय मन्त्री आलेमगरलाई खेलकुद मन्त्रालयको जिम्मेवारी
- सामुदायिक वनमा अवैधरुपमा सालका रुख कटानी
- सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
- मन्त्री भण्डारीद्वारा बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ
- मदन र आश्रितको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि
- दोलखाका तीन सहकारीले डाके विशेष साधारणसभा
- नेपालमा लगानी भित्र्याउन कोरियाली राजदूतसँग आग्रह
- बैंकको ब्याज मुद्रास्फीतिकै विन्दुमा, किन बढेन कर्जाको माग ?
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया