महेन्द्र शाही
सोलुखुम्बु ।
कोरोनाका कारण सुरु भएको बन्दाबन्दी तथा निषेधाज्ञा खुलेसँगै सोलु करिडोरको काम पनि सुरु भएको छ । सिराहको मिर्चयादेखि सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला लाम्ममानेसम्मको ९० किलोमिटर लामो राष्ट्रिय प्रसारण लाइनको आयोजना करिब ७ महिनापछि पुनः सुरु भएको हो ।
कोरोनाका कारण लकडाउनले गर्दा रोकिएको आयोजनाको काम एक हप्ताअघिदेखि थोरै कामदारबाट सुरु गरिएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए । अघिल्लो हप्ता बाँकेबाट ३१ जना कामदार ल्याएको र त्यसबाट सुस्त गतिमा भए पनि काम सुरु गरिएको प्रमुख गौतमको भनाइ छ । बीचमा आएर १५ जना कामदार भागेकाले अहिले थप समस्या भएको उनले बताए ।
अहिले केही स्थानीय र बाहिरबाट ल्याएका थोरै भए पनि कामदारबाट काम भइरहेको उनको भनाइ छ । कामदार आएपछि ओखलढुङ्गाको चित्रेमा एउटा टावर निर्माणको काम समेत सम्पन्न गरिएको गौतमको भनाइ छ ।
चित्रेमा टावर निर्माण भएसँगै आयोजनाका तीन सय दुईवटामध्ये दुई सय पाँचवटा टावर निर्माण सकिएको आयोजनाले जनाएको छ । लकडाउन हुनुभन्दा पहिले नै दुई सय चारवटा टावर निर्माण गरिएको र लामो समयपछि टावर निर्माणमा सफलता पाइएको आयोजना प्रमुख गौतमले बताए ।
अहिले आयोजनाको १६ वटा टावरको फाउण्डेसनको काम सकिएको र बाँकी ९७ वटा टावरको काम हुन नसकेको बताइएको छ । त्यस्तै अहिलेसम्म ४५ किलो मिटर तार तान्ने काम सकिएको आयोजना प्रमुख गौतमले बताए । जुन बन्दाबन्दी हुनुभन्दा पहिले नै गरिएको काम हो ।
भारतबाट कामदार ल्याउने विषयमा गृह मन्त्रालयसँग अनुमति माग गरिएको र अनुमति पाउनेबित्तिकै कामदार ल्याइने उनको भनाइ छ । भारतबाट कामदार ल्याउन पाएको खण्डमा आयोजनाले गति लिने बताइएको छ । दशैँ तिहारजस्ता चाडपर्वका कारण आयोजनामा थप गरिएको समयमा सकिने सम्भावना भने न्यून रहेको बताइएको छ । आजोजनाको समय पछिल्लो पटक पुष १६ गतेसम्म थप गरिएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया