सुबास बस्नेत
दोलखा ।
बारीभरि फैलिएको किबीका ठुलाठुला दाना देखेर भीमेश्वर नगरपालिका बोचका किसान खुसी बनेका छन्। गत वर्षभन्दा यो वर्ष किबीको उत्पादन राम्रो भएको देखेर किसान मख्ख परेका छन्। दोलखाको भीमेश्वर नगरपालिका आठका किसान नारायण बस्नेतले सवारी चलाउने पेसा छाडेर किबी खेती सुरु गरेका हुन् । बैंकबाट ऋण लिएर व्यावसायिक कृषि पेसामा लागेका उनले किबी खेतीका साथै कुखुरापालन व्यवसाय पनि सँगै गरेका छन् ।
२०६३ सालदेखि व्यावसायिक कृषि खेतीमा लागेका बस्नेतले अहिले मासिक ४५ हजार आम्दानी गर्ने गरेको सुनाए। ३० लाख ऋण लगानी गरेर सुरु गरेको व्यवसायले अहिले निरन्तर नाफा दिइरहेको उनको भनाइ छ । ड्राइभिङ गर्दा परिवारको खर्च धान्न मुस्किल हुने गरेपछि गाउँमै कृषि पेसा सुरु गरेको उनले बताए। उनले आफ्नो खाली रहेको बारीमा अहिले ३ सय ३५ बोट किबी लगाएका छन्। बोच किबी खेतीको लागी उर्वर भूमि मानिन्छ ।
सिजनमा ३० हजारसम्म किबी उत्पादन गर्न सकिने उनको भनाइ छ । रोपेको ३ वर्षमै किबी फल्न सुरु गर्ने उनले बताए । उनले गत वर्ष करिब दुई लाखको किबी बिक्री गरेका थिए । साथै उनले प्रत्येक वर्ष किबीका बिरुवा समेत थप्दै गइरहेका छन् । सुरुको वर्ष ७५ वटा बिरुवा लगाएका उनले दोस्रो वर्ष एक सय वटा बिरुवा थप गरेर रोपेको बताए । गत वर्षको भन्दा यस वर्ष किबीको दाना राम्रो लागेको हुँदा उत्पादन वृद्धि हुने उनले बताए । किबी किसानले असोज अन्तिमदेखि किबी टिप्न सुरु गर्छन् ।
त्यस्तै बस्नेतको घरमा अहिले लेस जातका एक हजार बढी कुखुरा पनि छन् । बस्नेतले अण्डाबाट मासिक ४५ हजार आम्दानी हुने गरेको बताए । उनले केही वर्ष अघिदेखि व्यावसायिक रूपमा लेस कुखुरा पालन गरेर अण्डा उत्पादन गर्दै आएका छन् । उनको खोरबाट दैनिक ८ सय ४० वटा अण्डा उत्पादन हुने गरेको छ । ६ जना परिवार खर्च धान्ने मुख्य स्रोत नै कृषि व्यवसाय भएको उनले बताए । किबीबाट सोचेजस्तो आम्दानी लिन नसके पनि अण्डाबाट भने राम्रो आम्दानी हुने गरेको बताए।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया