Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपुल बनेपछि झ्याँकुमा बस चल्यो

पुल बनेपछि झ्याँकुमा बस चल्यो


दोलखा ।
दोलखाको तामाकोसी नदीको पिखुतीमा पुल निर्माण भएसँगै दुर्गम गाउँ झ्याँकुमा बस चल्न थालेको छ । जिल्लाको दुई क्षेत्र जोड्ने तामाकोसी नदिमा पुल बनेपछि गौरीशंकर गाउँपालिका ३ को झ्याँकुमा बस सेवा सुचारु आएको हो । तामाकोसी नदीमा अहिले पक्की पुल निर्माण सम्पन्न भएको छ ।

गौरीशंकर गाउँपालिका ३ झ्याँकुमा गुमुखोला पिखुती झ्याँकु मानेडाँडा सडक बाटो निर्माण भएको करिब ३ वर्षपछि बस सञ्चालनमा आएको स्थानीयले जानकारी दिए । लामो समयपछि बस गाउँमा पुगेसँगै स्थानीयहरू खुसी भएर बसको स्वागत गरेका छन् । आइतबार नवनिर्मित पुल हुँदै अरनिको बस पहिलो पटक गाउँमै पुगेपछि स्थानीय खुसी भएका हुन् ।

घन्टौं हिँड्नुपर्ने समस्याको हल भएको भन्दै स्थानीयले बसका चालक र सहचालकलाई फूलमाला लगाएर स्वागत गरे । ‘सिंगटीदेखि डेढ घण्टाको बाटो हिँड्नु पर्थ्यो र पसलका सामानहरू ल्याउन समेत गाह्रो हुन्थ्यो । पिखुतीको पुल बनेसँगै बस सञ्चालन भएको छ, अब धेरै सुविधा भएको छ’, स्थानीय व्यवसायी एवं बुद्धिजीवी दावा लामाले भने ।

अब दैनिक काठमाडौँबाट विहान ७ः०० वजे झ्याँकुको लागि बस छुट्ने अरनिको बस सेवा समितिले जनाएको छ । पुल निर्माण नहुँदा सदरमुकाम चरीकोट हुँदै मैनापोखरी घुमेर झ्याकुको माथिल्लो भेगसम्म बस पुग्ने गरे पनि तल्लो क्षेत्रमा पहिलो पटक बस चलेको स्थानीय धनराज तामाङले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया