बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अकौलिया पक्राउ
काठमाडौं ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पञ्चम अकौलिया पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार काठमाडौं महानगरपालिका १३ बस्ने धादिङ धुनिबेसी नगरपालिका ५ घर भएका ५१ वर्षीय अकौलियालाई सोमबार प्रहरीले चितवनबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७५ असार २२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय र १७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले चितवन भरतपुर महानगरपालिका २३ मा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
अकौलियाले २०७५ वैशाख २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी मनोज प्रसाद साहलाई झुक्यानमा पारी सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक दिएकोमा बैंकिङ कसुरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले उक्त कैद तथा नगद जरिवाना ठहर गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त ब्युरोले जनाएको छ । सीआईबीका अनुसार पक्राउ परेको अकौलियालाई बैैंकिङ कसुरसम्बन्धी मुुद्दामा १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सेयर बजारमा देखियो उछाल
- ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि
- भारतीय सेयरबजारबाट बाहिरियो साढे तीन अर्ब डलर लगानी
- राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक
- महिन्द्रा उत्सव योजनाका लक्की ड्र विजेताहरूलाई पुरस्कार हस्तान्तरण
- भिजाको नेपाल, बंगलादेश र भुटानको कन्ट्री म्यानेजरमा सब्बीर अहमद
- विश्वविद्यालय र उद्योगहरूबीच सहकार्यको सम्भावनाका बारेमा छलफल
- मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक: नाडा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया