Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा

हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योग सञ्चालनमा


हेटौंडा ।
हेटौंडा औद्योगिक करिडोरका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण अत्यावश्यकबाहेक अन्य उद्योगहरु लामो समयसम्म बन्द रहेका थिए ।

औद्योगिक क्षेत्रमा रहेका १ सय ११ वटा उद्योग नै सञ्चालनमा आएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले जनाएको छ । लकडाउनका कारण अत्यावश्यक उद्योगमा बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थबाहेक अन्य उद्योग बन्द भएको थियो तर अहिले उद्योगहरु सञ्चालनमा आए पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको कार्यालयले जनाएको छ ।

अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेसिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा रहेका छन् । कार्यालयका अनुसार औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १० हजार पाँच सय जनाले रोजगारी पाएका छन् । नयाँ–नयाँ उद्योगको स्थापनाको लागि केही उद्यमीले आवश्यक जग्गा, विद्युत्, पानी उपलब्ध गराइदिनका लागि निवेदन समेत दिएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले बताए ।

सोही निवेदनको आधारमा जग्गा उपलब्ध गराउन नेपाल औद्योगिक विकास निगम काठमाडौँंलाई स्वीकृत प्रदान गर्नका लागि पत्राचार समेत गरिएको छ । पुरानो बन्द भएका उद्योगको अनुमतिपत्र रद्द गरी अर्को उद्योग स्थापना गर्ने क्रममा सो उद्योगलाई स्वीकृित प्रदान गर्न पनि हेटौँंडा औद्योगिक क्षेत्रको तर्फबाट पत्राचार गरिसकेको बताइएको छ । वि.सं. २०२० मंसिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८ सय ८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको छ । सो औद्योगिक क्षेत्रमा निजी क्षेत्रको झण्डै पाँच अर्ब ५० करोड रुपैयाँ लगानी रहेको छ भने सरकारी लगानी ९० करोड रुपैयाँ रहेको कार्यालयले जनाएको छ ।

उक्त औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पु-याई विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए । सो औद्योगिक क्षेत्रमा उद्योग व्यवस्थापनले जग्गाको सम्झौता गरी १३ वटा आफ्नो प्रशासकीय भवनको निर्माणको कार्यलाई तीव्रता दिइएको आगामी दुई महिनाभित्र निर्माण कार्य सम्पन्न गरी उद्योग सञ्चालनको लागि तयारी भइरहेको मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद न्यौपानेले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया