यात्रुको स्वास्थ्य सुरक्षामा सावधानी अपनाउन व्यवसायी प्रतिबद्ध
बाँके ।
बाँकेका यातायात व्यवसायी अगुवाले यात्रुहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सावधानी अपनाइने प्रतिवद्धता व्यक्त गरेका छन् । कोरोना भाइरस (कोभिड –१९) को बढ्दो संक्रमणले थालिएको यातायात क्षेत्र सञ्चालनमा आए पनि अन्योल र जोखिम कायमै रहेको पाइएपछि सम्वाद समूह बाँकेले यातायात, स्वास्थ्य सुरक्षा सम्वद्ध सरोकारवालासँग अन्तर्संवाद गरेको थियो । यातायात व्यवसायी अगुवा, यातायात मजदुर नेता, स्वास्थ्य र सुरक्षा निकायका प्रतिनिधिबीचको अन्तरक्रियात्मक सम्वादमा अधिकांश व्यवसायीले कोरोना संक्रमणको जोखिमबाट जोगिन र जोगाउन अपनाइनुपर्ने सावधानी लागू गरिएको दाबी गरेका छन् तथापि उनीहरुले राज्यका संयन्त्रहरुबाट पनि आवश्यक समन्वय र सहकार्यको आवश्यकता औँल्याए ।
सहभागी वक्ताले यातायातका साधान र यात्रुहरुमा स्यानिटाइजर प्रयोग गर्ने सहज र प्रभावकारी वातावरण सिर्जनाका लागि सामूहिक सहकार्यमा पनि जोड दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले यातायात व्यवसायका अनेकन समस्यासँगै स्वास्थ्य जोखिम रहेकाले व्यवसायी र यात्रु स्वयं पनि सजग रहनुपर्ने बताए । स्वास्थ्य सुरक्षाका लागि आपसी समन्वय र सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गरे । भन्सारस्थित होल्डिङ सेन्टर अव्यवस्थित भइरहेको गुनासो सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सेन्टरको व्यवस्थापन गरेर यात्रुको सुरक्षालाई ध्यान दिइने विश्वास दिलाए ।
वागेश्वरी यातायात प्रालिका अध्यक्ष मन प्रसाद आचार्यले यातायात सञ्चालनमा ल्याइए पनि अहिले घाटामा चलिरहेकाले सरकारले विशेष योजना ल्याउनुपर्ने आवश्यकता औँल्याएका थिए । नमस्ते नेपाल यातायात प्रालिका अध्यक्ष निरज चलाउनेले कोभिडले यातायात व्यवसायमा हानि हात्र हैन थप क्षति हुने स्थिति आएको भन्दै सरकारले सार्वजनिक गरेको मौद्रीक नीतिअनुसार अविलम्ब सहयोगको आग्रह गरे । स्वास्थ्य सुरक्षाप्रति प्रतिबद्ध रहे पनि सबै पक्षबीच सहकार्य हुन जरुरी रहेको उनको भनाइ थियो । जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले यातायात स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष प्रदिप छिनालले होल्डिङ सेन्टरका कारण यातायात व्यवसायीबीच समस्या र विभेद उत्पन्न भइरहेको भन्दै सेन्टरको आवश्यकता नरहेको जिकिर गरे । सम्वाद समूह बाँकेका सहजकर्ता शुक्र ऋषि चौलागाईद्वारा सहजीकरण गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली बहादुर खड्का, नागरिक यातायात प्रालिका अध्यक्ष दिपक शर्मा, नमस्ते कान्तिपुर प्रालि अध्यक्ष थमान बहादुर रोकाय, शुभकामना सार्वजनिक यातायात प्रालिका निल बहादुर वली, भेरी बस व्यवसायी प्रालिका चन्द्र बहादुर थापालगायतले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता र समन्वयको पाटोमा धारणा राखेका थिए ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया