सुबास बस्नेत
दोलखा ।
जिल्लाभित्र रहेका व्यवसायीहरुलाई लक्षित गरेर दोलखाको सदरमुकाम चरीकोटमा पहिलोपटक कर कार्यालय स्थापना भएको छ । आन्तरिक राजस्व कार्यालय धुलिखेलले शुक्रबारदेखि सदरमुकाम चरीकोटबाट करदाता सेवा सुरु गरेको हो । योसँगै जिल्लाका साना व्यवसायीहरु लाभान्वित हुने भएका छन् ।
प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले करदाता सेवा कार्यालयलाई नै प्यान नम्बर प्रदान गरी सेवा सुरु गरेका थिए । प्रजिअ शिवाकोटीले करदातालाई रहरले कर तिर्ने वातावरण सिर्जना गर्न कर्मचारीहरुलाई आग्रह गरे । जिल्लाबाट सेवा सुरु भएसँगै साना व्यवसायीलाई धेरै सहज हुने र करदाता संख्या पनि थपिने अनुमान गरिएको करदाता सेवा कार्यालय दोलखाका प्रमुख रामकुमार श्रेष्ठले बताए ।
कार्यालय सञ्चालनमा आएसँगै व्यक्तिगत प्यान, व्यावसायिक प्यान र भ्याट दर्ता तथा खारेज, करचुक्ता प्रमाणपत्र प्रदान, कर विवरण, आय विवरण, अन्तःशुल्क विवरण बुझाउनेलगायतका सेवा लिन जिल्लाबाहिर जानु नपर्ने प्रमुख श्रेष्ठको भनाइ छ । चालू आर्थिक वर्षको असोज २८ गतेसम्म दोलखा जिल्लामा १० हजार तीन सय नौवटा प्यान तथा भ्याट दर्तामा रहेको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा दोलखाबाट प्यान, भ्याट र अन्तःशुल्कबापत १५ करोड २७ लाख ७४ हजार तीन सय दुई रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । जिल्लामा व्यक्तिगत प्यान दुई हजार दुई सय ९४, व्यावसायिक प्यान छ हजार आठ सय आठ, भ्याट एक हजार १८, सरकारी कार्यालयको प्यान ४४, शैक्षिक प्यान १६, स्वास्थ्य प्यान आठ, अन्तःशुल्क ५१ वटा गरी कुल १० हजार तीन सय नौ करदाता रहेको कार्यालयको तथ्यांक छ । जिल्लामै कर कार्यालय स्थापना भएसँगै स्थानीय व्यवसायीहरु कर तिर्न अन्यत्र जानुपर्ने झन्झठबाट मुक्त भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया