काठमाडौं ।
साताको तेस्रो कारोबार दिन मंगलबार पनि बजार परिसूचक उकालो लागेको छ । अघिल्लो दिन १३ अंकले उकालो लागेको बजार परिसूचक यस दिन १३ दशमलव २२ अंकले उकालो लागेर १५ सय ८३ दशमलव ६० अंकमा चढेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ६५ अंकले उकालो लागेर तीन सय १३ दशमलव ५५ अंकमा चढेको छ । यसदिन कुल एक सय ९३ वटा कम्पनीहरूको सेयर कारोबार भएका छन् । जसबाट १८ हजार आठ सय ७० पटकको कारोबारमा ५० लाख २४ हजार ५० कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम एक अर्ब २७ करोड १८ लाख २९ हजार नौ सय ९० रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार १२ वटै समूहको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक सात दशमलव ३५ अंकले उकालो लागेर १२ सय ५८ दशमलव दुई अंकमा चढेकोम विकास बैंक समूहको सूचक पनि १९ दशमलव ८२ अंकले उकालो लागेर दुुई हजार ७७ दशमलव ६३ अंकमा चढेको छ । जलविद्युुत समूहको सूचक पनि २६ दशमलव ७९ अंकले उकालो लागेर १३ सय ९६ दशमलव ६७ अंकमा चढेकोमा लघुुवित्त समूहको सूचक पनि १५ दशमलव ४१ अंकले उकालो लागेर २५ सय ३० दशमलव ७० अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि ५३ दशमलव ३५ अंकले उकालो लागेर सात हजार आठ सय ८८ दशमलव ६४ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ७३ दशमलव २५ अंकले उकालो लागेर नौ हजार पाँच सय ४७ दशमलव छ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः पाँच दशमलव सात, १५ दशमलव ८५, तीन दशमलव ८२, २४ दशमलव २६, ११ दशमलव पाँच र शून्य दशमलव ११ अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य नौ दशमलव ९१ प्रतिशतले बढेर चार सय ८८ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको माउन्टेन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि नौ दशमलव ६६ प्रतिशतले बढेर एक सय ९३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रो पावर कम्पनी, कालिका पावर लिमिटेड आदिको सेयर मूल्य पनि बढेका छन् ।
गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल फाइनान्सको सेयर मूल्य एक दशमलव ८६ प्रतिशतले घटेर तीन सय १७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको रिलायन्स फाइनान्सको सेयर मूल्य पनि एक दशमलव ६४ प्रतिशतले घटेर एक सय ८० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक पोखरा फाइनान्स, एनएलजी इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि
घटेका छन् ।
यसदिन अरुण कावेली पावर लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त कम्पनीको प्रतिकित्ता दुुई सय ६६ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ८२ लाख ९२ हजार नौ सय रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको अपी पावर लिमिटेडको पनि प्रतिकित्ता दुुई सय २० रुपैयाँ अन्तिम मूल्यमा सात करोड ६५ लाख ८५ हजार सात सय २५ रुपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नागरिक लगानी कोष, कुमारी बैंक आदिको पनि बढी रकम कारोबार भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो
- एयरपोर्टमा एडुरोम सेवा
- सानिमा बैंकद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण
- गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्सबीच सम्झौता
- समृद्धि फाइनान्सका ग्राहकलाई डिलाइट टेलरिङ सेन्टरमा छुट
- ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा गौतम र वशिष्ठ
- नेपाल एसबीआई बैंक सम्मानित
- गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको क्युआर टेलर सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया