Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकर्जा प्रवाहमा वृद्धि

कर्जा प्रवाहमा वृद्धि


सुरेश राउत
काठमाडौं, पुस १४
बैंक तथा फाइनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा २८ वटा वाणिज्य बैंक, २५ वटा विकास बैंक र २२ वटा फाइनान्स कम्पनीहरुले कुल १४ लाख ५६ हजार चार सय १० वटा कर्जा खातामार्फत ३० खर्ब ५१ अर्ब ४४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

गत आवको सोही अवधिमा बैंक तथा फाइनान्स कम्पनीहरुले १३ लाख ३३ हजार तीन सय ४१ वटा कर्जा खातामार्फत २६ खर्ब २१ अर्ब ३२ करोड ९१ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए । सो अनुसार गत आवको चार महिनाको तुलनामा चालू आवको चार महिनामा बैंक तथा फाइनान्स कम्पनीहरुको कर्जा खाताको संख्या एक लाखले बढ्दा कर्जा रकम झण्डै चार खर्ब रुपैयाँले बढेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले मात्र चालू आवको पछिल्लो चार महिनामा १० लाख ८१ हजार नौ सय ७१ वटा कर्जा खातामार्फत २६ खर्ब ४३ अब १२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले नौ लाख ८४ हजार दुई सय ३० वटा कर्जा खातामार्फत २२ खर्ब ८० अर्ब सात करोड ७१ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

यसैगरी विकास बैंकहरुले पनि चालू आवको पछिल्लो चार महिनामा तीन लाख ३० हजार तीन सय ६१ वटा कर्जा खातामार्फत तीन खर्ब ३६ अर्ब ९७ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने विकास बैंकहरुले तीन लाख १० हजार ६८ वटा कर्जा खातामार्फत दुई खर्ब ३१ अर्ब १६ करोड ८७ लाख ६० हजार रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरुले चालू आवको पछिल्लो चार महिनामा ४४ हजार ७८ वटा कर्जा खातामार्फत ७१ अर्ब ३४ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले ३९ हजार ४३ वटा कर्जा खातामार्फत ६० अर्ब आठ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया