काठमाडौं ।
पछिल्लो समय मुलुकमा अनलाइन व्यापार तीव्र गतिमा फस्टाउँदै गएको छ । कोरोना भाइरस (कोभिड१९) को संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनपछि अनलाइन व्यापार थप बढ्दै गएको व्यवसायीहरूले बताएका छन् । उपभोक्ताले अनलाइनबाट सामान अर्डर गरेर सहजै घरमै सामान पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको हो । २० वर्षअघि डिजिटल बजारको अवधारणा आए पनि पछिल्लो १० वर्षको अवधिमा मुलुकमा धेरै नै अनलाइन व्यापार विस्तार हुँदै गएको व्यवसायीहरूको भनाइ छ ।
ब्राण्डवर्थ प्रालिले आयोजना गरेको फोन–पे डिजिटल इकोनोमी कन्क्लेभमा सहभागी सरोकारवालाहरूले लकडाउनपछि अनलाइन व्यवसाय विस्तार हुँदै गएकाले यसलाई नियमनसँगै व्यवस्थित बनाउन आवश्यक रहेको बताए । सस्तो डिलका सञ्चालक अमन थापा पछिल्लो समय अनलाइन व्यवसाय फस्टाउँदै गएको भन्दै अहिले वार्षिकरूपमा एक सय ५० प्रतिशतका दरले अनलाइन व्यापार बढेको जानकारी दिए । १० वर्षअघि ९ प्रतिशत मात्र इन्टरनेटको सुविधा भएकोमा अहिले मुलुकभर इन्टरनेट पहुँज बढ्दै गएकाले अनलाइन व्यापार पनि फस्टाउँदै गएको उनको भनाइ छ । अहिले स्मार्ट फोनको प्रयोग ५० प्रतिशतले बढेकाले पनि अनलाइन व्यापार पहिलो नम्बरको व्यापार बन्न गएको बताउँदै उनले अनलाइन पेमेन्ट प्रणाली जटिल भएकाले सहजीकरण गर्न अति आवश्यक रहेको बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गणेश पाण्डले अनलाइन व्यवस्थित र नियमन गर्नका लागि नीतिगतरूपमा कानुन बनाउन लागिएको जानकारी दिए । विभिन्न क्षेत्रगत कानुनले यस व्यापारलाई समेटेकाले थप व्यवस्थित बनाउनका लागि कानुनको विधेयकमा छलफल भइरहेको उनको भनाइ छ । नेशनल पेमेन्ट गेट–वे नहुँदा विदेशबाट अनलाइन व्यापारको भुक्तानी गर्न कठिन भएकाले यसलाई सहजीकरण गर्न लागिएको उनको भनाइ छ । मुलुकमा साना, घरेलु तथा मझौला उद्योगको क्षमता वृद्धि गरी अनलाइनमार्फत व्यापार गर्न चुनौतीरहेको उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया