तेहरान ।
रानका एक वरिष्ठ परमाणु वैज्ञानिकको हत्याको आरोप इजरायलमाथि लगाउँदै राष्ट्रपतिले आफ्नो देशका पारमाणविक कार्यक्रमलाई कमजोर र सुस्त नबनाइने बताएका छन् । राष्ट्रपति हसन रौहानीले वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्याको इरानले उपयुक्त समयमा बदला लिने चेतावनीसमेत दिए । इरानको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने प्रमुख व्यक्ति फख्रिजादेह नै भएको बताउँदै आएको इजरायलले त्यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
परमाणु वैज्ञानिक फख्रिजादेहको हत्यासँगै इरानको पारमाणविक कार्यक्रमलाई लिएर अमेरिका र उसका साझेदार मुलुकहरूसँग तनाव बढ्ने चिन्ता व्यक्त हुन थालेको छ । राजधानी तेहराननजिकै इरानका वरिष्ठतम वैज्ञानिक मोहसिन फख्रिजादेहको हत्या गरिएको त्यहाँको रक्षा मन्त्रालयले यसअघि पुष्टि गरेको थियो । दमावन्द काउन्टीमा पर्ने अबशार्दस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको थियो । इरानका विदेशमन्त्री जवाद जारिफले ‘कुनै राज्यद्वारा गरिएको आतंकवादी काम’ भन्दै हत्याको निन्दा गरेका छन् ।
इरानले आफ्नो पारमाणविक कार्यक्रम नितान्त रूपमा शान्तिपूर्ण उद्देश्यका लागि रहेको बताउँदै प्रर्वद्धित युरेनियमको बढ्दो मात्रामा विकास गरिरहेको ताजा चासोबीच वरिष्ठ वैज्ञानिकको हत्या भएको हो । गैरसैनिक ऊर्जा उत्पादन र सैनिक अस्त्र निर्माण दुवैका लागि प्रवर्द्धिधधत युरेनियम महत्वपूर्ण मानिए पनि इरानले यसलाई आफ्ना विरोधी मुलुकलाई लक्षित गर्नसक्ने आशंकासहित यूरेनियम प्रवद्र्धनलाई रोक्न अमेरिका लगायतका विश्वशक्ति राष्ट्रले इरानमाथि दवाव दिँदै आएका छन् ।
संयम अपनाउन संयुक्त राष्ट्रंघको आग्रह : यसैबीच, संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो । संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका हुन् ।
महासचिव गुटर्रेसका प्रवक्ता फराह हकले बिहीबार प्रकाशन गरेका विज्ञप्तिमा सो आग्रह गरिएको छ । उपप्रवक्ता हकद्वारा प्रकाशन गरिएको सो विज्ञप्ति भनिएको छ, हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसीमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयमता अपनाउनु जरुरी छ । शुक्रबार इरानका एक जना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको छ । इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको् हत्या भएको थियो । इरानको रक्षा मन्त्रालयले सो हत्याको विषयमा पुष्टि गरेको छ । सो मन्त्रालयले शुक्रबार आफ्ना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको जानकारी दिएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
- नेपालले टस जितेर फिल्डिङ गर्दै
- देशमा लगानीको वातावरण बन्दै गएको छ स् अध्यक्ष अग्रवाल
- बझाङमा उत्साहपूर्वक मतदान हुँदै
- कृषि र उत्पादनमूलक क्षेत्रमा कोरिया जाने पर्खाइमा रहेकाहरूलाई क्षेत्र परिवर्तन गर्ने मौका
- अमेरिकालाई ‘सीमा’ ननाघ्न चीनको चेतावनी
- शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
- सुदूरपश्चिम, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हुरीबतासको चेतावनी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया