दिल्लीको जाडोले तोड्यो १ सय १९ वर्षको कीर्तिमान
नयाँ दिल्ली, पुस १६
दिल्लीमा बढेको चिसोले सय वर्षभन्दा बढीको कीर्तिमान तोडेको छ । भारतीय मिडियाहरुका अनुसार सोमबार सन् १९०१ पछिकै चिसो दिन रहेको हो । भारतीय मौसम विभागले सोमबार साँझ साढे ५ बजे दिल्लीको अधिकतम तापक्रम ९.४ डिग्री सेल्सियस रेकर्ड भएको जनाएको छ । यसअघि सन् १९०१ को डिसेम्बरमा ११.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । सोमबार डिसेम्बर महिनाकै चिसो दिन समेत रहनपुगेको बताइएको छ ।
लगातारको चिसोले अस्पतालमा बिरामीको संख्या समेत बढेको छ । अस्पतालमा श्वासप्रश्वासका बिरामीको संख्या बढेको बताइएको छ । भारतीय मिडियाहरुका अनुसार पहाडी क्षेत्रमा भन्दा बढी दिल्लीमा चिसो महसुस गरिएको छ । गत शनिबार पनि चिसोले धेरै वर्षअघिको रेकर्ड तोडेको थियो ।
चिसो बढेसँगै दिल्लीको मौसम विभागले रेड अलर्ट नै जारी गरेको थियो । यसैबीच, दिल्लीमा ३१ डिसेम्बरपछि वर्षात् हुनसक्ने बताइएको छ । पानी परेमा चिसो झन् बढ्नेछ । मौसम चिसिएसँगै दिल्लीमा रेल र हवाइसेवा समेत प्रभावित भएको बताइएको छ । सोमबारमात्रै ५ सय ३० वटा उडान ढिलो गरी भएको थियो भने २० वटा उडानको मार्ग परिवर्तन गर्नुपरेको थियो । अत्यधिक चिसोकै कारण दुई दर्जन बढी रेल ढिलो गरी चलेका थिए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया