काठमाडौं ।
आइतबारसम्म देशैभरि कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५ सय ८२ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ हजार ४ सय ९५ नमूना परीक्षण गर्दा थप एक हजार ९६ जनामा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको जानकारी दिए ।
काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा ६९, ललितपुरमा ७४ र काठमाडौँमा ३ सय ५१ गरी जम्मा ४ सय ८४ सङ्क्रमित थपिएका छन् । गत २४ घण्टामा एक हजार ७ सय ५२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख २५ हजार ८ सय ५ पुगेको छ । यसमध्ये प्रदेश १ बाट २६ हजार ४ सय ७७, प्रदेश नं २ बाट १९ हजार ८ सय ९२, वाग्मती प्रदेशबाट एक लाख २३ हजार ४ सय ७४, गण्डकी प्रदेश १३ हजार ६ सय १७, लुम्बिनी प्रदेश नं ४ हजार ७ सय ७९, कर्णाली प्रदेश छ हजार आठ र सुदूरपश्चिम प्रदेशबाट ११ हजार ५ सय ४८ जना छन् ।
हालसम्म कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या ९३.७ प्रतिशत छ । हाल ३ सय १३ जना कोभिडको बिरामी आईसीयूमा उपचाररत छन् । ५५ जना सङ्क्रमित भेन्टिलेटरमा छन् । यस्तै, विश्वमा हालसम्म छ करोड ६९ लाख १९ हजार २ सय १६ जना व्यक्तिमा कोभिड–१९ देखा परेको छ । निको हुनेको सङ्ख्या चार करोड ६२ लाख ९४ हजार ३ सय ६ रहेको छ । गत बिहीबारदेखि आइतबारसम्म २९ हजार ८ सय ८९ जनामा पीसीआर परीक्षण भएको छ । यसमध्ये चार हजार ४ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सात हजार ६ सय ४४ जना सङ्क्रमण मुक्त भई डिस्चार्ज भएका छन् । सोही अवधिमा सङ्क्रमणका कारण ५६ जनाको मृत्यु भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया