धादिड. ।
धादिङ्ग जिल्लाको गल्छी गाउँपालिकाबाट एक जना व्यक्ति करिब ५० किलो लागूऔषध चरेससहित शनिबार साँझ पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका अनुसार शनिबार साँझ करिब पौने ८ बजे गल्छी गाउँपालिका–८ को खयरघारीमा उक्त चरेस बिक्रीका लागि हिँडिरहेको अवस्थामा सोही गाउँका दिपक मगर पक्राउ परेका हुन् । सशस्त्र प्रहरीको विशेष इन्टेलिजेन्स ब्युरोले करिब ३५ वर्षका मगरलाई चरेससहित बा.२१प ८७६ नम्बरको मोटरसाइकल र एक थान मोबाइलसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । धादिङको राजमार्गदेखि दक्षिणको पहाडी क्षेत्र लागूऔषध कारोबारीको लागि ‘उर्वरभूमि’ मानिन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया