श्रीराम सुगर मिल्सले ग-यो २५ करोड भुक्तानी
गौर ।
रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको बक्र्यौता रकम भुक्तानी गर्न सुरु गरेको छ । किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकममध्येमा मिल्सले शुक्रबार र आइतबार गरी दुई दिनमा २५ करोड ३० लाख २७ हजार ५ सय २६ रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको हो । उक्त मिल्सले सोमबार एक विज्ञप्ति जारी गर्दै पहिलो दिन अर्थात शुक्रबार १६ करोड ४४ लाख ७० हजार र आइतबार आठ करोड ८५ लाख ५७ हजार रकम किसानको खातामा जम्मा गर्न बैंकमा पठाइसकेको जनाएको छ । मिल्सले बाँकी रकम प्रत्येक दिन क्रमश भुक्तानी गर्दै जाने जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम ३५ करोड रहेको छ । अझै मिल्सले १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ । यसैगरी मन्त्रालयको तथ्यांकअनुसार लुम्बिनी चिनी मिल्सको आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको १७ करोड बाँकी रहेको छ । गत वर्षको पुस १८ गते सरकार, चिनी मिल्स र उखु किसानबीच भएको सम्झौताअनुसार रकम भुक्तानी नपाएको भन्दै गत आइतबारदेखि उखु किसानले काठमाडौँमा आन्दोलन गर्दै आएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
- जिप दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु
- तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास
- सञ्चारमन्त्रीद्वारा राजपुर हाडबासको आगलागी घटनाप्रति दु:ख व्यक्त
- किन्ताङफेदीमा चार दशकपछि पुल निर्माण
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया