सोलुखुम्बु ।
सोलुखुम्बुको सुलुदुधकुण्ड नगरपालिका सल्लेरीस्थित शिव मन्दिरको आश्रयस्थल र शौचालय जीर्ण अवस्थामा पुगेको छ । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ५ सल्लेरीमा रहेको शिव मन्दिर परिसरमा निर्माण गरिएको आश्रयस्थल र शौचालय जीर्ण बन्दै गएको हो ।
२०६५ सालमा निर्माण गरिएको दर्शनार्थी बस्ने आश्रयस्थको काठ मक्किएको छ । काठ मक्किएपछि सो आश्रयस्थल भत्किन समेत थालेको छ । आश्रयस्थल नजिकै रहेको शौचालयको ढोका समेत व्यवस्थित अवस्थामा नरहेको स्थानीयको भनाइ छ । ढोका व्यवस्थित नहुँदा सो शौचालय प्रयोगमा समेत आउन नसकेको बताइएको छ ।
शौचालय प्रयोगमा नआउँदा मन्दिरमा पुग्ने दर्शनार्थीलाई शौच गर्न समेत समस्या हुने गरेको छ । आश्रय स्थलत र शौचालय मर्मतका लागि बजेट नभएको व्यवस्थापन समितिका सचिव एकाकुमारी कार्कीले बताइन् । बजेट माग गरिएकाले बजेट प्राप्त हुनासाथ मर्मतको काम गरिने उनको भनाइ छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया