चालू आर्थिक वर्षको ६ महिनामै खजुरामा ५६ लाखभन्दा बढी राजस्व संकलन
बाँके ।
बाँकेको खजुरा गाउँपालिकाले चालू आर्थिक वर्षको ६ महिनामै खजुरामा ५६ लाख बढी राजस्व संकलन गरेको छ । पालिकाका अनुसार मंसिर मसान्तसम्म ५६ लाख ५५ हजार नौ सय ५६ रूपैयाँ राजस्व संकलन भएको छ । मगलबार भएको गाउँपालिकाकोे ८औँ गाउँसभामा चालू आर्थिक वर्षको राजस्व संकलनको अवस्था सुधार रहेको जानकारी गराइएको हो ।
सभाले पालिकाकी उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजस्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अद्यावधिक गर्ने कार्यसूची पारित गरेको छ । गाउँसभामा खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले आर्थिक वर्ष २०७७/७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिकातर्फको चालू खर्च ३१ प्रतिशत र पुँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको समेत जानकारी दिएका छन् ।
त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पुँजीगत खर्च शून्य रहेको, प्रदेश सकरकाबाट हस्तान्तरित चालू कार्यक्रम खर्च २ प्रतिशत र पुँजीगत कार्यक्रम खर्च ३९ दशमलव २६ प्रतिशत रहेको प्रमुख कक्षपतिले बताए । उनले सबै वडामा सञ्चालित विभिन्न योजनाहरूको ठेक्का सम्झौत र उपभोक्ता समितिमार्फ हुने काम पनि सञ्चालनमा रहेको जानकारी दिए । ठेक्काका १८ योजना र उपभोक्ता समितिले ५८ योजनामा काम गरिरहेको उनको भनाइ थियो । अध्यक्ष कक्षपतिले चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमा गाउँपालिकाका बासिन्दाबाट साथ सहयोग रहेको भन्दै आभार प्रकट गरे ।
साथै गाउँसभाले खजुरालाई प्लास्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका प्रमुख कक्षपतिको अध्यक्षतामा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लास्टिकमुक्त पालिका बनाउन गरेको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । सभाले चालू आर्थिक वर्षमा केही योजनाहरू संसोधन र परिमार्जनसहित पारित गरेको छ । सभामा वडाध्यक्ष तिलकवीर सुनार, देविलाल खनाल, कार्यपालिका सदस्य निसार अलि दर्जी, झुमा योगी, सदस्यहरू देउमाया थापा, जगबहादुर कामी, हजुरा बम, टोपबहादुर ओली, कमाल खाँलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सार्वजनिक जग्गा व्यक्तिका नाममा बनाउने विरुद्ध मुद्दा दायर
- सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान
- प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ
- राष्ट्रियसभाको बैठक स्थगित
- उदयपुरमा हावाहुरीले करोडौँको क्षति
- मेची भन्सारद्वारा एघार अर्ब ५९ करोड राजस्व सङ्कलन
- कामपामा न्यायसंवाद कार्यक्रम सुरु
- सेयर बजारमा देखियो उछाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया