कोरोनाको खोप सबैका लागि उपलब्ध होस् : महासचिव गुटेर्रेस
संयुक्त राष्ट्रसंघ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्ने धारणा राखेका हुन् ।
उनले भने, ‘सन् २०२१ को हामी सबैको प्राथमिकता यो हुनुपर्छ कि कोभिड १९ विरुद्धको खोप सबैको प्राथमिकतामा पर्नुपर्छ र यो खोपको सर्वसुलभताका लागि संयुक्त राष्ट्रसंघले पनि आवश्यक वातावरण निर्माण गर्नेछ ।’ अबका कैयौँ महिनासम्म पनि कोभिडविरुद्धको खोप सबैका लागि एक सार्वजनिक वस्तु बनाउन सक्नुपर्ने बताउँदै आगामी दिनहरुमा खाँचो परेका नागरिकले सहजै र सुलभ रुपमा यो खोप प्राप्त गर्न पाउनुपर्ने कुरा प्राथमिकतामा पर्नुपर्ने बताए ।
‘विश्वका केही सीमित देशका हातमामात्र कोभिडको खोप पुगेको छ तर गरिब तथा तेस्रो विश्वका देशहरुमा यो खोपको उपलब्धता अझै पनि गाह्रो देखिएको छ’, उनले भने । उनले अहिलेकै अवस्थामा विश्वका देशहरुले यसरी नै खोप कब्जा गरेर राख्ने हो भने यसले विश्वकै अर्थतन्त्रमा ९२ खर्ब अमेरिकी डलर बराबरको मूल्यको असर पार्ने बताए ।
त्यसैगरी उनका अनुसार यसको आधाभन्दा बढी असर त विश्वका प्रमुख विकसित देशहरुमै पर्नेे देखिएको छ । त्यसैले खोपको यस्तो अवस्था नल्याउन एउटै देशले धेरै डोजहरु कब्जा नगर्ने र सबैको सार्वजनिक वस्तुका रुपमा उपलब्ध गराउने नीति बनाउनुपर्ने उनले सुझाए ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया