मुक्तिनाथ विकास बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा
काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न छिमेकी मुलुक चीनको प्रख्यात भुक्तानी सेवा ‘वीच्याट–पे’ सँग साझेदारी गरेको छ । सम्झौतामा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले हस्ताक्षर गरेका हुुन् ।
यो सम्झौतापछि वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले मुक्तिनाथ बैंकअन्तर्गतका मर्चेन्टहरूमा राखिएको क्यूआर कोड स्क्यान गरी डिजिटलरूपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । चीनमा निकै लोकप्रिय रहेको वीच्याट–पेमार्फत नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक वा व्यापारीहरूले विभिन्न सामग्री तथा सेवा खरिदको लागि वीच्याट–पेमार्फत भुक्तानी गर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- मुक्तिनाथ विकास बैंकद्वारा इलाम र महोत्तरीमा वृक्षारोपण
- राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको ६१औँ प्रतिवेदन पेस हुँदै
- आर्थिक वर्ष २०८१–०८२ को बजेट भाषण मंगलबार
- अल्मलिएको विकास प्रयासलाई सही बाटोमा ल्याइएको छ: उपाध्यक्ष पौडेल
- पहिरो खसेर मेसिन अपरेटरको मृत्यु
- कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी
- संस्थान ध्वस्त, झा मस्त
- प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया