सुकेपोखरीको भौतिक पूर्वाधार विकासका लागि दुई करोड
सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ जुबुस्थित ऐतिहासिक तथा रमणीय स्थल सुकेपोखरीको मुहार फेरिने भएको छ । पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले भौतिक संरचना निर्माण गरिने भएसँगै पोखरीको मुहार फेरिने भएको हो ।
पर्यटकीय क्षेत्र भएकाले यसको विकासमा आफूहरू लागिरहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । उनका अनुसार पोखरी संरक्षण तथा व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई करोड ८० लाख बजेट विनियोजन भएको छ । सो रकमले पोखरी व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउने उनको भनाइ छ ।
वडा नम्बर ४ र ५ जुबु तथा वडा नम्बर ९ लोखिमसँगै छिमेकी जिल्ला खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी, महेश्वरीको व्यापारिक क्षेत्रका रूपमा पर्ने सुकेपोखरीमा स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्धन गर्ने लक्ष राखिएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।
सोलुखुम्बुका निवर्तमान सांसद हेमकुमार राई (सुरविर) थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, स्थानीय समाजसेवी वसन्त वनलगायतको प्रयासपछि बजेट विनियोजन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । पोखरी पुनर्निर्माण, सिँडी निर्माणलगायतको काम चालू आर्थिक वर्ष २०७७/७८ बाटै सुरु हुने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया