बैतेश्वरका आँखा रोगीको निःशुल्क अप्रेसन हुने
दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिकाद्वारा सञ्चालित बैतेश्वर अस्पतालले गाउँपालिकाभित्रका आर्थिक संकट र गरिबीका कारण आँखा रोगको उपचार तथा शल्यक्रिया गर्न नसक्ने बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्थानीय वडाहरुको सिफारिसमा गाउँपालिकाभित्रका नागरिकको निःशुल्क अप्रेसन तथा चस्मा वितरण गर्ने अस्पतालले जनाएको छ ।
गाउँपालिकाले अस्पतालमा आइतबार आँखाशिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा सहभागी भएका आँखामा मोतिविन्दु देखिएका २९ जना बिरामीमध्ये अतिअशक्त तथा गरिब बिरामीको छनौट गरेर निःशुल्क अप्रेसन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । अस्पतालले गाउँपालिकाभित्र बसोबास गर्ने ६० वर्ष उमेर माथिका आँखाका बिरामीलाई निःशुल्क उपचार गर्नलागेको हो ।
शिविरमा छनौट परेका बिरामीलाई आगामी फागुन १७, १८ र १९ गते दोलखामा शल्यक्रिया गर्ने जनाएको छ । आइतबार तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, लायन्स आँखा केन्द्र दोलखाको सहयोगमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ को बैतेश्वर अस्पतालमा एक दिने आँखा शिविर सम्पन्न भएको थियो । गाउँपालिकाले आयोजना गरेको उक्त शिविरमा दुई सय ४० जना आँखाका रोगीले आँखा जचाएको बैतेश्वर अस्पतालका व्यवस्थापक देवराज खत्रीले जानकारी दिए । यसैगरी अब बैतेश्वर अस्पतालमै आँखाका रोगका बिरामीले दैनिक निःशुल्क उपचार गर्न पाउने भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया