नेपाल बंगलादेश बैंकद्वारा विद्यार्थीलाई प्रशिक्षण
काठमाडौं, पुस २४
नेपाल बंगलादेश बैंकले विद्यार्थीहरूलाई अभिमुुखीकरणसम्बन्धी तालिम दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमअन्र्तगत फिदिम ४ पाँचथरस्थित गढी माध्यमिक विद्यालयमा मैत्री समाज नेपालको सहायताले सो विद्यालयका ३० दृष्टिविहीन विद्यार्थीहरूलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको एक हप्ताको प्रशिक्षण सम्पन्न गरेको हो ।
सो प्रशिक्षणमा कुल १७ छात्र तथा १३ छात्राहरू भाग लिएको बैंकले जनाएको छ । उक्त प्रशिक्षणले विद्यार्थीहरूलाई सामान्य मार्गनिर्देशन, दिशा परिवर्तन, सागुँरो ठाउँमा हिँडडुल, भ-याङ, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाइ सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागहरूबारे पर्चा वितरण गरिएको बैंकले जानकारी दिएको छ ।
प्रशिक्षणको अन्त्यमा सहभागी विद्यार्थीहरूलाई बैंकको फिदिम शाखाका शाखा प्रमुख राजकुमार थापाले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस्ता कार्यक्रमले समाजका अशक्त असहाय बालबालिकाहरूलाई अति आवश्यक प्रशिक्षण दिने र भविष्यमा यस्ता कार्यक्रम गरिरहनु पर्ने भनी शाखा प्रमुखले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
- देशभर इन्टरनेट सेवामा समस्या
- संसद्को बजेट अधिवेशन आह्वान
- रामगीता वाङ्मय मन्दिर अमेरिका–नेपालद्धारा तीन स्रष्टालाई एकसाथ पुरस्कृत
- ज्ञानेश्वरको ६ रोपनी सरकारी जग्गा बानिता अग्रवालले कसरी गरिन् कब्जा ?
- आज विश्व प्रेस स्वतन्त्रता दिवस
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया