व्यक्तिगत सम्पत्ति आर्जनमा नयाँ कीर्तिमान
जसको खजानामा एकै दिन २५ अर्ब डलर थपियो
अमेरिका ।
विश्वकै सबैभन्दा धनीमा अमेजनका जेफ बेजोससँग प्रतिस्पर्धा गरिरहेका टेस्ला इन्कका एलन मस्कले फेरि अर्को कीर्तिमान बनाएका छन् । उनको सम्पत्ति एकै दिन २५ अर्ब अमेरिकी डलरले बढेको हो ।
छिटो सम्पत्ति आर्जनमा यो नयाँ कीर्तिमान हो । मंगलबार टेस्लाको सेयर २० प्रतिशतले बढेपछि मस्कको सम्पत्तिमा एकै दिन २५ अर्ब डलर थप भएको हो । सेयर मूल्यवृद्धि यो एक वर्षयताकै ठूलो हो । योसँगै मस्कको सम्पत्ति एक खर्ब ७४ अर्ब अमेरिकी डलर पुगेको छ । यद्यपि ब्लुमबर्ग अर्बपति सूचकांकअनुसार अहिले बेजोस नै संसारको सबैभन्दा धनी व्यक्ति हुन् ।
रातारात नास्डाक ३.७ प्रतिशतले उकालो लागेसँगै एप्पल, अमेजन, फेसबुक लगायतका ठूला प्रविधि कम्पनीहरु मालामाल भएका छन् । अमेजनको सेयर बढ्दा बेजोसको सम्पत्ति छ अर्ब डलरले बढेको छ । योसँगै उनी एक खर्ब ८० अर्ब डलरका मालिक बनेका छन् । जनवरीमा बेजोसलाई संसारकै धनीबाट एलन मस्कले पछाडि पारिदिएका थिए । उक्त सूचकांकअनुसार मस्कको सम्पत्ति बढेर दुई खर्ब १० अर्ब डलरसम्म पुगेको थियो ।
मंगलबार टेस्लाको सेयर २० प्रतिशतले बढेको थियो । केही दिनयता घटिरहेको टेस्लाको सेयर पुनः आकाशिएको हो । चीनमा बिक्री बढेको कारण सेयर मूल्यवृद्धिमा प्रभाव पारेको बताइएको छ । टेस्लाको एक कित्ता सेयरको मूल्य अहिले छ सय ७३ दशमलव ५८ अमेरिकी डलर पुगेको छ । यो गत फेब्रुअरीयताकै बलियो स्थिति हो । कम्पनीले फेब्रुअरीमा चीनमा बनेका १८ हजार तीन सय १८ वटा कार बिक्री गरेको छ । जनवरीमा १५ हजार चार सय ८४ वटा कार बिक्री गरेको चिनियाँ अटो उद्योग संस्था सीपीसीएले जनाएको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया