ललितपुरमा एक सय ३१ मिटर लामो झोलुंगे पुल उद्घाटन
ललितपुर ।
ललितपुर महानगरपालिकामा एउटै वडा जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । ललितपुर महानगरको वडा नम्बर २७ सुनाकोठीको बालकुमारीदेखि ओखाट जोड्ने झोलुंगेपुलको शनिबार माओवादी केन्द्रकी स्थायी समिति सदस्य तथा सो क्षेत्रकी सांसद पम्फा भुसालले उद्घाटन गरेकी हुन् ।
सांसद विकास कोषको एक करोड बजेटबाट सो पुल निर्माण गरिएको हो । एक सय ३१ मिटर लामो सो पुलमा एकैपटक साढे दुई सय मानिस यात्रा गर्न सक्ने प्रदेश सांसद राजकाजी महर्जनले जानकारी दिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री भुसालले झोलुङ्गे पुल निर्माणले सो क्षेत्रका आवतजावतलाई सहज बनाउने र आन्तरिक पर्यटनलाई बढावा दिने बताइन् ।
पुललाई ‘बालकुमारी सहरी पर्यटकीय ओखाट पिङ्डोचा जोड्ने झोलुंगे पुल’ नामकरण गरिएको छ । प्रदेश सांसद महर्जनले झोलुंगे पुल निर्माणले सो क्षेत्रमा आन्तरिक पर्यटक बढ्ने र स्थानीयलाई काम गर्न सहज हुने बताए । ‘हिँडेर जाँदा २० मिनेट लाग्ने बाटो अब पाँच मिनेटमा छोटिएको छ’, उनले भने, ‘अब सो भेगमा आन्तरिक पर्यटक बढ्नेछ जसले स्थानीयको जीवनस्तर परिवर्तन गराउनेछ ।’ पुल उद्घाटन गरेपछि भुसाललगायतका अतिथिहरु सोही पुलमा वारपार गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया