विराटनगर ।
उद्योग संगठन मोरङले आर्थिक दैनिकका विराटनगर संवाददाता शंकर लुईटेललाई सम्मान गरेको छ । संगठनको ४८औँ वार्षिक साधारणसभाको अवसरमा शुक्रबार लुईटेललाई एक समारोहका बीच सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवं स्थानीय उद्योगी मोती दुगडले लुईटेललाई दोसल्लाह ओढाएर नगदसहित सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
उद्योग संगठन मोरङले निष्पक्षरूपमा पत्रकारिताको माध्यम हुँदै नागरिक, सरोकारवाला र सर्वसाधारणलाई सुसूचित गराउन ठूलो भूमिका खेलेको भन्दै उनलाई सम्मान गरेको हो । उक्त अवसरमा संगठनका अध्यक्ष भीम घिमिरेसहित सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी एवं व्यवसायीको समेत उपस्थिति रहेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चीनले ऋणको ब्याजदर घटायो
- टोकियोदेखि न्युयोर्कसम्मका सेयरबजार हिट मोडमा
- अफगानिस्तानमा बाढीमा परी ज्यान गुमाउनेको संख्या १२० पुग्यो
- वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : ‘खेल्ने सामग्री कसले दिन्छ ?’
- सुर्खेत बस दुर्घटनामा दुईको मृत्यु, २१ घाइते
- जिल्ला अस्पताल हुम्लामा औषधि अभाव
- मर्मतसम्भार नहुँदा जलेश्वर कारागार जीर्ण
- २१ सय बिन्दुमा नजिक पुग्यो बजार परिसुचक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया