काठमाडौं ।
वसन्तु ऋतुको पहिलो चरणमा हिमाल अरोहण गर्नका लागि ४५ जनाले अनुमति लिएका छन् । पाँचवटा समूहमा रहेका ३० पुरुष र १५ महिला गरी ४५ जनाले हिमाल आरोहण गर्न लागेको पर्यटन विभागले जानकारी दिएको छ । जसमध्ये एक जनाले मनास्लु, चार जनाले नोप्त्से र ४० जनाले अन्नपूर्ण हिमाल आरोहण गर्नेछन् । उनीहरुले असारको दोस्रो साता र तेस्रो साता हिमाल अरोहण गर्ने बताइएको छ ।
कोरोनाको खोप आइसकेपछि भने हिमाल चढ्नेको संख्यामा सामान्य बढेका छन् । कोरोनाको कारण पर्यटन व्यवसाय उठ्न नसकिरहेको अवस्थामा हिमाल आरोहण गर्ने स्वदेशी तथा विदेशी टोलीले सो व्यवसायमा लागेकोलाई केही राहत मिल्नेछ । यस्तै आरोहण टोलीबाट रोयल्टीबापत ८८ लाख २३ हजार रुपैयाँ संकलन हुनेछ जसमध्ये नोत्सेबाट दुई लाख ८१ हजार रुपैयाँ, मनास्लुबाट दुई लाख ११ हजार रुपैयाँ र बाँकी अन्नपूर्ण हिमाल अरोहणबाट रोयल्टी संकलन हुनेछ ।
यसअघि पनि १० वटा समूहका ४५ जनाले विभिन्न हिमाल आरोहणका लागि अनुमति लिएका छन् । यसैबीच पछिल्लो समय भारतमा कोरोना बढेसँगै सरकारले मुलुकमा कोरोनालाई ध्यानमा राखी भीडभाड अर्थात् सभा, जुलस नगर्न आग्रह गरेको छ जसले गर्दा पर्यटन क्षेत्र प्रभावित बन्नसक्ने सम्भावना प्रबल छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया