कोभाक्स र द्विपक्षीय सम्झौताबाट अफ्रिकामा दुई करोड ९१ लाख डोज खोप पुग्यो
अदिस अबाबा ।
अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन् । अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) का अनुसार बिहीबारसम्ममा कूल प्राप्त भएको खोपमध्ये एक करोड ३ लाख डोज खोप मानिसहरुलाई लगाइसकिएको छ ।
अफ्रिकी युनियन मातहतको अफ्रिका सिडिसीले खोप प्राप्त गरेकाहरुमा मुख्यगरी स्वास्थ्य कार्यकर्ता, विभिन्न रोगको जोखिममा रहेका तथा ५० वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिहरु रहेको जनाएको छ । अफ्रिका सिडिसीले यसै साताको सुरुमा जोन्सन एन्ड जोन्सन र अफ्रिकी खोप कार्यदलबीच सम्झौता भएको बताएको छ । सम्झौताबमोजिम जोन्सन एन्ड जोन्सनले अफ्रिकी युनियनका सदस्य राष्ट्रहरुलाई २२ करोड डोज खोप उपलब्ध गराउने छ । साथै, १८ करोड डोज खोप थप खरिद गर्न सकिने समेत सम्झौतामा उल्लेख छ ।
जोन्सन एन्ड जोन्सनको खोप दक्षिण अफ्रिकामा रहेको अस्पेन बायोफर्माले उत्पादन गर्नेछ । अफ्रिका सीडीसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा अफ्रिकामा कोभिड–१९ बाट संक्रमितको संख्या ४२ लाख ४० हजार पुगेको छ भने एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको छ । (रासस–सिन्ह्वा)
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया