भर्चुअल मुद्रा ल्याउने बेलायती केन्द्रीय बैंकको तयारी
लन्डन ।
बेलायतको केन्द्रीय बैंकले भर्चुअल अर्थात् डिजिटल मुद्रा निष्काशनको तयारी गरेका छन् । यसका लागि बैंक अफ इंग्ल्यान्ड र ट्रेजरीले टास्कफोर्स गठन गरेर सम्भाव्य अध्ययन सुरु गरेको घोषणा गरेका छन् ।
यसको उद्देश्य नयाँखाले मुद्राको जोखिम र अवसरबारे अध्ययन गर्नु रहेको बताइएको छ । बीबीसीका अनुसार बैंकले जारी गर्ने र घर तथा व्यवसायले प्रयोग गर्ने यो मुद्रा क्यास र बैंक डिपोजिटसँगै हुनेछन् अर्थात् मौजुदा नोट प्रणालीलाई यसले विस्थापन गर्नेछैन । बेलायतमा यस्तो मुद्रा लागू गर्ने निर्णय नै भने भइसकेको छैन । तर सरकार र केन्द्रीय बैंक स्टेकहोल्डरसँग जोडिन चाहिरहेका छन् ।
मुद्रा ल्याउँदा हुने फाइदा र व्यावहारिकताबारे उनीहरु छलफलमा रहेको बताइएको छ । टास्कफोर्समा बैंकका डेपुटी गभर्नर सर जन कनलिफ र ट्रेजरीका वित्तीय सेवातर्फकी महानिर्देशक क्याथरिन ब्राडिकले नेतृत्व गर्ने बीबीसीले जनाएको छ ।
बैंकले यसअघि सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) मा चासो दिएको थियो । किनभने पैसा र भुक्तानीमा महत्वपूर्ण परिवर्तनको समय भएको उसले बताउँदै आएको छ । बितेका वर्षमा नोट कारोबारमा ह्वात्तै कमी आएको छ भने डेबिट कार्डबाट भुक्तानी ह्वात्तै बढेको छ । यसबाहेक क्रेडिट कार्ड र डाइरेक्ट डेबिटको प्रयोग पनि बढिरहेको छ ।
बैंकले आफ्नै बिटक्वाइनजस्ता भर्चुअल मुद्रा ल्याउँदा निजीस्तरको पैसा निर्माण गर्ने नयाँ शैलीको जोखिम टर्ने आशा गरेको छ । यदि सीबीडीसी लागू भए त्यसको मूल्यांकन पनि पाउन स्टर्लिङ नोटसरह हुनेछ । सीबीडीसी १० पाउन्ड छ भने त्यसको मूल्य पनि १० पाउन्ड नोटबराबर नै हुने बैंकले स्पष्ट पारेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया