बंगलादेशमा १० हजार वाइफाइ हटस्पट निर्माण गर्ने योजनाबाट पछि हटे फेसबुक र रोबी
ढाका, पुस २८
सामाजिक सञ्जाल कम्पनी फेसबुक र रोबी अजियटा शैक्षिक संस्थाका लागि १० हजार वाइफाइ हटस्पट निर्माण गर्ने योजनाबाट पछि हटेका छन् । द डेली स्टार अनलाइनका अनुसार रिमोट क्षेत्रमा स्थानीय इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग मिलेर उक्त हटस्पट सञ्चालन गर्ने योजना बीचैमा तुहिएको हो । बंगलादेशी टेलिकम नियामकबाट अनुमति रोकिएपछि कम्पनीहरुको योजना असफल भएको बताइएको छ । हाल फेसबुकले एसियाका अविकसित क्षेत्रमा एक्सप्रेस वाइफाइ परियोजना सञ्चालन गरिरहेको छ ।
दक्षिण पूर्वी एसिया, अफ्रिका र दक्षिण अमेरिकामा सञ्चालित यी परियोजनाले द्रुतगतिको, सस्तो र भरपर्दो इन्टरनेट सेवा प्रदान गरिरहेको छ । फेसबुकले दूरसञ्चार मन्त्री मुस्ताफा जाबरसँग सिधै सन् २०१८ को अन्त्यतिर मौखिक प्रस्ताव गरेको थियो । मन्त्री मुस्ताफाले उक्त प्रस्ताव स्वीकारेको छ । साथै रोबीले बंगलादेशी दूरसञ्चार प्राधिकरण आयोग र मन्त्तालयसँग सन् २०१९ को मध्यतिर लिखित रुपमै उक्त प्रस्ताव गरेको थियो । यसका लागि कनेक्टिभिटी पार्टनरमा लिंक ३ टेक्नोलजिजलाई चयन गरिएको थियो । लिंक ३ टेक्नोलजिजका प्रमुख प्राविधिक अधिकृत रशिद अमिनका अनुसार फेसबुक र रोबीले धेरै प्रयास गरे पनि नियामक निकायले अनुमति दिएन ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
- महेशपुर भन्सारको गोदाममै सड्यो करोडौँको चिनी
- अड्डाहरूका कवाडी सामान र लिलाममा उदासीनता
- सफल साक्षरताका आधार र सात ‘स’
- प्रकोप नमानिएको ‘डढेलो प्रकोप’
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया