हुवावे र जेटटीईले भारतमा फाइभजी परीक्षण गर्न नपाउने
नयाँ दिल्ली ।
भारतको दूरसञ्चार मन्त्रालयले दुई चिनियाँ प्रविधि कम्पनीलाई भारतमा फाइभजी परीक्षण गर्न नपाउने निर्णय गरेको छ । योसँगै हुवावे र जेटटीईलाई फाइभजी परीक्षणका लागि अनुमति नदिने भारत पछिल्लो राष्ट्र बनेको छ ।
मन्त्रालयले अरु दर्जन कम्पनीलाई भने फाइभजी परीक्षण अनुमति दिएको थियो । जसमा एरिक्सन, नोकिया र सामसङका नेटवर्क युनिटहरु छन् । उनीहरुले छ महिना फाइभजी प्रविधि परीक्षण गर्न पाएका थिए ।
परीक्षण गर्न नदिए पनि दुवै कम्पनीले फाइभजी सामग्री आपूर्तिकर्तालाई वितरण गर्न पाउने बताइएको छ । फोन प्रयोगकर्ताको हिसाबले भारत विश्वकै दोस्रो ठूलो बजार हो । सरकारी कम्पनी एमटीएनएलसँगै रिलायन्स इन्डस्ट्रिजको जियो इन्फोकम, भारती एयरटेल र भोडाफोन आइडियाले भने फाइभजी परीक्षण गर्ने भएका छन् ।
तर यी कम्पनीहरुले ग्रामीण र अर्धसहरी क्षेत्रमा यसको परीक्षण गर्नुपर्ने सरकारी प्रेस इन्फरमेसन ब्युरोले जनाएको छ । यता दिल्लीले भने चिनियाँ कम्पनीमाथि कुनै पनि आधिकारिक प्रतिबन्ध लगाउनै बाँकी छ । उसले अहिले नै भारतको मोबाइल प्रदायकलाई धेरैजसो सामग्री आपूर्ति गर्छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया