आनन्दमार्गका प्रवर्तक तारक ब्रम्ह श्री श्री आनन्दमूर्तिको जन्मशताब्दी मनाइयो
काठमाडौं ।
नेपाललगायत विश्वका एक सय ६० वटाभन्दा धेरै देशमा आनन्दमार्गका प्रवर्तक तारक ब्रम्ह श्री श्री आनन्दमूर्तिको जन्मशताब्दी महोत्सव मनाइएको छ । साथै सयौँ घण्टा अखण्ड कीर्तन ‘बाबा नाम केवलम’ तथा धर्म महासम्मेलन पनि अनलाइनमार्फत सम्पन्न गरिएको छ ।
आनन्दमार्गका प्रवर्तक तारक ब्रम्ह श्री श्री आनन्दमूर्तिको जन्मशताब्दी महोत्सव जेठ १२ गते राँचीको हेहलस्थित आनन्दमार्ग गुरु निवास मधु मञ्जुषाबाट प्रत्यक्ष प्रसारण गरी संसारभर मनाइएको थियो । दीप प्रज्ज्वलित गरी, शंखध्वनीको साथ धर्मचक्र गरिएको थियो । जन्मशताब्दीकै सन्दर्भमा जेठ २१, २२ र २३ गतेसम्म धर्म महासम्मेलनको पनि आयोजना गरिएको थियो । कार्यक्रम माइक्रोसफ्टको टीम एपबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
धर्म महासम्मेलनमा आनन्दमार्ग प्रचारक संघका पुरोधा प्रमुख आचार्य विश्वदेवानन्द अवधूतले अनुयायीहरूलाई सम्बोधन गरेका थिए । यसै अवसरमा विश्वका विभिन्न देशहरूमा रहेका आनन्दमार्गका साधकहरूले मिलित रूपमा पुनः ७२ घण्टाको अखण्ड कीर्तन ‘बाबा नाम केवलम’को पनि आयोजना गरेका थिए । साथै आनन्दमार्ग प्रचारक संघकै महिला कल्याण विभाग, दिल्ली सेक्टरले पनि पाँच दिने शैक्षिक, सामाजिक र आध्यात्मिक कार्यक्रमको आयोजना गरेको थियो । उक्त सबै र्कायक्रमहरूमा नेपालको पनि प्रतक्ष्य सहभागिता रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रमको जोड
- उपनिर्वाचनः इलाम–२ मा १६ जना उम्मेदवारको जमानत जफत
- लुम्बिनी, मधेस, सुदूरपश्चिम र कोशी प्रदेशमा हुरीबतासको चेतावनी
- ‘नेपालको स्वास्थ्य सेवा प्रणालीमा सुधार भएको छ’
- इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया