बेइजिड. ।
चिनियाँ कम्पनी बाइटीडान्सको सन् २०२० मा आम्दानी दोब्बर भएको छ । बाइटीडान्स चर्चित छोटो भिडियो एप टिकटकको मातृकम्पनी हो । कम्पनीका कर्मचारीलाई लेखिएको एक आन्तरिक पत्रमा कम्पनीको कुल आम्दानी १११ प्रतिशतले बढेर गत वर्ष ३४ अर्ब ३० करोड डलर पुगेको बीबीसीले जनाएको छ । यो तथ्यांकले टिकटकको विश्वव्यापी लोकप्रियतालाई उजागर गर्छ ।
विश्वका विभिन्न देशका सरकारहरुले बाइटीडान्सलगायत धेरै अन्य चिनियाँ प्रविधि कम्पनीलाई दबाब सिर्जना गरिरहेका बेला यस्तो तथ्यांक बाहिरिएको हो । त्यस्तै, बाइटीडान्सको वार्षिक मुनाफा नै ९३ प्रतिशतले बढेर १९ अर्ब अमेरिकी डलर पुगेको छ । यद्यपि कम्पनीको कुल घाटा भने ४५ अर्ब अमेरिकी डलर रहेको बताइएको छ । यो घाटा कम्पनीको व्यवसायसँग असम्बन्धित रहेको बताइएको छ । उक्त पत्रअनुसार गत वर्षको डिसेम्बरसम्म बाइटीडान्सको महिनाबारी सक्रिय प्रयोगकर्ता एक अर्ब ९० करोड रहेको बताइएको छ । एक जना बाइटीडान्सका प्रवक्ताले उक्त तथ्यांकको पुष्टि गरेको पनि बीबीसीले जनाएको छ ।
टिकटक अत्यधिक चर्चाको शिखरमा पुग्दै गर्दा अमेरिका, चीनलगायत विश्वका विभिन्न सरकारले बाइटीडान्सलाई अनुसन्धानको दायरमा ल्याएका थिए । गत बिहीबार मात्रै रोयटर्सले रिपोर्ट गरेअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ एपमाथि कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकी बजारमा रहनचाहने चिनियाँ एपहरुमाथि यस्तो गरिएको बताइएको छ । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले त टिकटकमाथि प्रतिबन्ध नै लगाएका थिए । तर राष्ट्रपति बाइडेनले ट्रम्पको निर्णय उल्ट्याइदिएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया