कोरोनाको तेस्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी
काठमाडौं ।
थापाथलीस्थित नर्भिक अस्पतालले कोरोनाको तेस्रो लहर आउनसक्ने सम्भावनालाई मध्यनजर गरी त्यसबाट प्रभावित हुनसक्ने भनिएका बालबालिकाहरुका लागि आवश्यक शय्या तथा अन्य उपचार व्यवस्थाको पूर्वतयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले जेठ २१ गते सबै अस्पतालहरुलाई दिएको निर्देशनअनुरुप नर्भिक इन्टरनेशनल हस्पिटलले कोरोनाको तेस्रो र चौथो लहर आउनसक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थाको मध्यनजर गरी आफ्नो स्वीकृत शय्याको २० प्रतिशत बढी शय्या कोभिड १९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राखेको हो । नर्भिकले कोभिड १९ को अब आउनसक्ने लहरको जोखिमबाट बालबालिकालाई बचाउन शय्याको व्यवस्थापनसँगै त्यस्तो अवस्थामा स्तरीय सेवा दिने डेडिकेटेड टिम समेत तयार गरेको छ ।
अस्पतालले कोरोनाको सम्भावित अर्को लहरसँग जुध्ने कार्यमा राज्यले सहयोग गर्ने उद्देश्यले आवश्यक वैकल्पिक प्राणवायु (अक्सिजन) तथा अन्य सबै कामको पूर्वतयारी समेत सुरु गरिसकेको छ । नर्भिकले कोरोनाको दोस्रो लहरमा समेत आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गर्दै संक्रमितहरुलाई स्तरीय सेवा दिएको थियो । हाल कोभिड बिरामीको संख्या न्यून भए पनि कोभिडका लागि छुट्याइएको बेडहरुलाई अर्को लहरसँग जुध्न तयारी अवस्थामा राखिएको हो ।
यस्तै, नर्भिकले अभिभावकहरुलाई आफ्ना बालबालिकामा कोरोना संक्रमितको सम्पर्कमा गएपछि देखिने मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमका लक्षणहरु देखा परेमा तुरुन्त अस्पताल पु-याउन समेत आह्वान गरेको छ । यो भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुन्निने समस्या हो ।
यो सामान्यतया बालबालिकामा पनि कोरोना संक्रमित भएको दुईदेखि चार हप्तापछि देखापर्छ । यसका लक्षणहरुमा आँखा रातो हुनु, श्वास फेर्न गाह्रो हुनु, घाँटी दुख्नु, पेट दुख्नु, ज्वरो आउनु, पखाला लाग्नु, छाला, ओठ वा नङ निलो हुनु, शरीरमा डाबर आउनु, थकान महसुस हुनु लगायतका रहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया