क्याथे प्यासिफिक क्रुलाई खोप लगाउने वा जागिर छोड्ने विकल्प
हड.कड. ।
क्याथे प्यासिफिकले आफ्ना एयर क्रु मेम्बर (चालक दलका सदस्य)हरुलाई अनिवार्य रुपमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप लगाउन वा जागिर छोड्न निर्देशन दिएको छ ।
बीबीसीका अनुसार ३१ अगस्टसम्म खोप नलगाएमा जागिरै गुमाउनसक्ने निर्देशन कम्पनीले दिएको छ । खोप लगाउने र नलगाउनेबीच सँगै काम गर्न अप्ठ्यारो हुने भन्दै सबैलाई खोप लगाउन बाध्य बनाइनलागेको हो ।
क्याथे प्यासिफिक हङकङको कम्पनी हो । कम्पनीका अनुसार उसका ९० प्रतिशत पाइलट र ६५ प्रतिशत क्याबिन क्रु मेम्बरले खोप लगाइसकेका वा लगाउने तयारीमा रहेका छन् । पछिल्लो समय अमेरिकालगायतका कतिपय एयरलाइन्स कम्पनीले पनि खोप लगाउन अनिवार्य गरिरहेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया