बंगलादेशमा भएको विस्फोटनमा परी सातको मृत्यु, ५० घाइते
ढाका । बंगलादेशमा भएको विस्फोटनको घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु ५० जना घाइते भएका छन् । व्यावसायिक भवनमा आइतबार ठूलो विस्फोटन भएपछि भवन भत्किएर घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
बंगलादेशको राजधानी ढाकामा भएको यस घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । विस्फोटनको ठोस कारण अहिलेसम्म पनि नखुलेको र अनुसन्धान भइरहेको ढाकाका प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।
ढाका महानगरीय प्रहरीका आयुक्त शाफिक्वाल इस्लामले घटनामा परी सात जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा परी घाइते भएका ५० जनामध्ये केहीको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् ।
सो व्यावसायिक भवनमा भएको विस्फोटनका कारण सँगै रहेका अन्य भवनहरुमा पनि क्षती पुगेको पाइएको छ । दुईवटा बस भने अधिकांश क्षति भएको छ । घटनाका बारेमा अनुसन्धान गर्न सरकारी तवरबाट पाँच सदस्यीय छानविन समिति गठन गरिएको अधिकारीहरुले जनाएका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया