आगामी साता तामाकोशीको उत्पादन १५२ मेगावाट पुग्ने
दोलखा ।
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले एकपछि अर्को युनिटबाट विद्युत् उत्पादन गर्दै जाने भएको छ । असार २१ गतेदेखि पहिलो युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन सुरु गरेको आयोजनाले आगामी साता दोस्रो युनिटबाट थप ७६ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी थालेको छ । त्यसका लागि तीव्र गतिमा काम गरिरहेको आयोजनाले जनाएको छ ।
चार सय ५६ मेगावाटको यस आयोजनाका छवटा युनिटहरू रहेका छन् । आयोजनाले आगामी भदौ मसान्तसम्म सबै युनिटबाट विद्युत् उत्पादन गर्नेगरी तयारी थालेको छ । पहिलो युनिटबाट उत्पादित ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । तामाकोशीबाट उत्पादित ७६ मेगावाट विद्युत्लाई देविटार सवस्टेसनमा जोडिएको छ । स्वदेशी लगानीमा निर्माण भएको माथिल्लो तामाकोशी सबैभन्दा ठूलो आयोजना हो । आयोजनामा विभिन्न युनिटमा ७६ मेगावाट क्षमताको छवटा टर्वाइन जडान गरिएको छ ।
साउन पहिलो हप्ताभित्रमा तीनवटा टर्वाइन सञ्चालनमा ल्याएर दुई सय २८ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले लक्ष्य राखेको छ । आयोजनाले उक्त लक्ष्यअनुसार साउन पहिलो सातामा तीनवटा युनिटबाट दुई सय २८ मेगावाट विद्युत् व्यावसायिकरूपमा उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोड्नसके भदौ मसान्तसम्म थप तीन युनिटबाट बाँकी रहेको दुई सय २८ मेगावाट विद्युत्को उत्पादन गर्नसकिने आयोजनाले जनाएको छ । छवटा युनिटको परीक्षण उत्पादन सकिएपछि चार सय ५६ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया