सानिमा बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच सम्झौता
काठमाडौँ माघ ७
सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेडबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल साझेदार रहेका नेपालका विभिन्न अस्पतालहरूमा उपचारको क्रममा सहजरूपमा भुक्तानीका साथै अस्पतालका विभिन्न सेवा सुविधाहरूमा सात दशमलव पाँच प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबिसिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत दिनेश पौडेलले हस्ताक्षर गरेका हुुन् । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौँंको टोखामा अवस्थित स्वास्थ्यउपचारसम्बन्धी उच्चस्तरीय सेवा दिने संस्था हो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- जापानका विदेशमन्त्री योको बिदाइ
- अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
- एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै
- सिधाकुरा डटकमसम्बन्धी मुद्दा ‘हेर्दाहर्दै’मा
- जनता समाजवादी पार्टी (जसपा )विभाजित !
- प्रमुख तीर्थस्थलका रुपमा देवघाटलाई विकास गर्नुपर्ने माग
- साउनदेखि चैतसम्म नेपालगञ्ज नाकाबाट ७० करोडको जडिबुटी निकासी
- माओवादीसम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया