बेइजिङ । सन् २०२१ को पूर्वार्धमा आर्थिक विकास दर स्थिर अवस्थामा रहेको यहाँको राष्ट्रिय विकास तथा सुधार आयोगले सोमबार जानकारी गराएको छ । सोमबार पत्रकार सम्मेलन गरी चीनको आर्थिक परिस्थितिबारे जानकारी गराइएको हो ।
चिनियाँ वर्षको पूर्वार्धमा उत्पादन मात्रा ५३२ खर्ब १६ अर्ब ७० करोड चिनियाँ युआन पुगेको आयोगले बताएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो १२.७ प्रतिशतले वृद्धि हो ।
तथ्यांकअनुसार चीनको कृषि उत्पादन स्थिर देखिएको छ । औद्यौगिक उत्पादन द्रुतरूपमा विकास भएको र सेवा व्यवसायहरू पुनरूत्थान हुँदै आएको आयोगले बताएको छ । तीनवटा आवश्यकताबाट हेर्दा लगानीको पुनरूत्थान हुँदै आएको, उपभोगको पुनरूत्थान शक्ति बलियो भएको र निर्यातको मात्रा विकास हुँदै गएको आयोगको भनाइ रहेको छ ।
त्यसैगरी वासिन्दाको आम्दानीको वृद्धि दर तथा आर्थिक विकासको दर बराबर देखिएको र रोजगारीको परिस्थिति स्थिर भएका कारण बजारको भविष्य समृद्ध हुनसक्ने आयोगले प्रक्षेपण गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
- नागरिक लगानी कोषले पाल्पा सिमेन्टको सेयर प्रत्याभूति गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया