काठमाडौं । त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूद्वारा सञ्चालित गैरसरकारी संस्था ‘लोकस’ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स र कम्प्युटर विभागका विद्यार्थीहरुको संयुक्त संगठन लोकसले मंगलबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो । यसअघि लोकसको तर्फबाट प्राविधिक मेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्दै आएकोमा त्यसको दायरालाई फराकिलो पार्दै लोकस–२०२१ ले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।
लोकस २०२१ का अध्यक्ष आदर्श बोहोराका अनुसार विगत वर्षहरुमा सम्पन्न हुँदै आएको प्राविधिक तथा प्रशिक्षणात्मक कार्यक्रम महत्वपूर्ण कार्यक्रम भएको र यसपटक यस्ता कार्यक्रमको दायरालाई सामाजिक क्षेत्रसम्म विस्तार गर्ने उद्देश्यले यस वर्ष वृक्षरोपण कार्यक्रमसमेत समावेश गरिएको हो । आफ्नै क्याम्पस हाताबाट सुरु गरिएको वृक्षरोपण कार्यक्रमलाई बाहिरसम्म विस्तार गर्ने कार्यक्रम रहेको समेत अध्यक्ष बोहोराले बताए ।
लोकस–२०२१ का अध्यक्ष बोहोराका अनुसार इन्जिनियरिङ्गसँग सम्वन्धित तथा अन्य विविध तालिमहरु अनलाइनमार्फत सञ्चालन गर्ने क्रम चलिरहेको छ । कोरोना भाइरस संक्रमणको कारण भौतिक रुपमा कक्षा सञ्चालन गर्न असम्भव भएका कारण अनलाइन प्रविधिको प्रयोगद्वारा लोकसले तालिमको व्यवस्था गरेको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया