भन्सार, भीसीटीएस र करसम्बन्धी नाडाको प्रशिक्षण
काठमाडौं, माघ १०
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ६८औँ विश्व भन्सार दिवसको अवसरमा भन्सार, भीसीटीएस, तथा करसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । नाडाले भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यमा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले भन्सार, भीसीटीएस तथा कर सम्बन्धमा व्यवसायीहरुमा धेरै अन्योल रहेकोले त्यसको समाधानको लागि सम्बन्धित विभागहरुबाट नै सहयोग लिई यो प्रशिक्षण कार्यक्रम गरिएको बताए । कार्यक्रममा महानिर्देशक दाहालले मालवस्तुहरुको सही मूल्य घोषणा व्यवसायीहरुले नै गर्ने बताए । उनले भन्सार प्रणाली र कर प्रणाली व्यवसायीहरु मै निहित रहेको बताए । उनले डुइङ्ग बिजनेसको स्तरमा नेपाल भारतभन्दा अगाडि रहेको बताए । ‘अहिले विभाग पेपरलेस भइसकको छ भने अब नो पेपरतर्फ विभाग जाँदै छ’, उनले भने, ‘नेपालका प्रमुख भन्सार कार्यालयहरु अहिले आईसीपीतर्फ जाँदै छ ।’ व्यवसायीहरुले भन्सारसम्बन्धी सूचना वा जानकारीहरु इमेल तथा टोल फ्रिमार्फत लिन सकिने व्यवस्था भएको उनले जानकारी दिए ।
उक्त तालिम कार्यक्रममा नाडाका कुल ८१ सदस्य फर्म÷कम्पनीहरुले आफ्नो सहभागिता जनाएका छन् । उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजस्व विभागका शाखा अधिकृत राजु प्याकुरेल र चार्टर्ड एकाउन्टेन साहिल अग्रवालले प्रशिक्षण दिएका थिए । अटोमोबाइल व्यवसायीहरुले भोग्नुपरिरहेका विविध समस्याहरुलाई दृष्टिगत गरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नाडाले जनाएको छ । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोबाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया