निर्माण व्यवसायीहरूलाई पनि तत्काल कोभिड खोपको व्यवस्था गरिने
काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निर्माण व्यवसायीहरूलाई पनि यथाशक्य चाँडो कोभिड—१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा राज्यमन्त्री श्रेष्ठले अग्रपङ्क्तिमा खटिने निर्माण व्यवसायीहरूका लागि खोप अनिवार्य भएको बताएका हुन् ।
महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा उनले भौतिक पूर्वाधारको क्षेत्रमा खटिएका व्यवसायीहरूले यसअघि नै खोप पाइसक्नुुपर्ने भन्दै अब भने विलम्ब नहुने बताए । साथै उनले असोज महिनासम्ममा एक तिहाइ जनता र आगामी चैतसम्ममा देशका सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिइने जानकारी दिए । निर्माण उद्योगले देशको कुल बजेटको ६० प्रतिशत खर्च गरिरहेको जानकारी गराउँदै महासंघ अध्यक्ष सिंहले आ–आफ्नो साइडहरूमा निर्माण व्यवसायीहरूले कोभिडको उच्च जोखिमका बीच अग्रपङ्क्तिमा अहोरात्र खटिँदै काम गर्दै आएको जानकारी गराएका थिए । विकास निर्माणका कार्यहरू नियमित सञ्चालन गरी देशको अर्थतन्त्रलाई चलायमान बनाइराख्न पनि निर्माण उद्योगमा आबद्ध देशभरका व्यवसायीहरूलाई खोप अनिवार्य भएको अध्यक्ष सिंहले बताए ।
महासंघ प्रतिनिधिमण्डले अघिल्लो बजेटमा उल्लेख भएबमोजिम निर्माण आयोजनाहरूको म्याद थप, धरौटी रकम फिर्तालगायतका विषय सम्बोधन गरिदिन स्वास्थ्य राज्यमन्त्रीसमक्ष आग्रह गरेको छ । महासंघ प्रतिनिधिमण्डलमा उपाध्यक्षद्वय एडी लामा, टेकबहादुर सेठी, कोषाध्यक्ष हिरणकुमार श्रेष्ठ, कार्यसमिति सदस्य यज्ञप्रसाद खतिवडा, कार्यालय प्रमुख प्रेमसिंह ऐर, उपनिर्देशक आसित अधिकारीलगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया