Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारविदेशी कम्पनीले नेपालबाट लगे ८० अर्ब लाभांश

विदेशी कम्पनीले नेपालबाट लगे ८० अर्ब लाभांश

लगेकोमध्ये सबैभन्दा बढी लाभांश उत्पादन, खानी र उत्खनन क्षेत्रबाट


काठमाडौं । विदेशी लगानीकर्ताहरुले नेपालबाट ८० अर्ब रुपैयाँभन्दा बढी लाभांश लगेका छन् । पछिल्ला तीन आर्थिक वर्षमा नेपालबाट विदेशी लगानीकर्ताहरुले ८० अर्ब २१ करोड ६५ लाख रुपैयाँ लाभांश लगेका हुन् ।

तीन आर्थिक वर्षमध्ये सबैभन्दा बढी आर्थिक वर्ष २०७५/०७४ मा ३९ अर्ब ५३ करोड चार लाख र त्यसपछि क्रमशः आर्थिक वर्ष २०७५/०७६ मा २७ अर्ब ७८ करोड ३० लाख र आर्थिक वर्ष २०७६/०७७ मा १२ अर्ब ९० करोड ३१ लाख लाभांश विदेशी लगानीकर्ताले लगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

विदेशी लगानीकर्ताहरुले सबैभन्दा बढी रकम उत्पादन, खानी र उत्खनन क्षेत्रबाट लाभांश लगेका ‘प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७६/०७७’ मा उल्लेख छ । प्रतिवेदनअनुरुप उनीहरुले सो क्षेत्रबाट तीन आर्थिक वर्षमा करिब २८ अर्ब लाभांश लगेका छन् । त्यसपछि विदेशी लगानीकर्ताहरुले विद्युत् ग्यास र पानी, निर्माण, यातायात भण्डारण र सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेष्टुरेन्ट र शिक्षा लगायतका क्षेत्रबाट समेत लाभांश लगेका छन् ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा यातायात, भण्डारण सञ्चार क्षेत्रबाट सबैभन्दा धेरै २३ अर्ब ६४ करोड ९९ लाख र क्रमशः उत्पादन, खानी र उत्खननबाट ११ अर्ब ९१ करोड ४७ लाख, विद्युत, ग्यास र पानीबाट दुई अर्ब ९२ करोड ६४ लाख, वित्तीय मध्यस्थताबाट ८८ करोड ६६ लाख र अन्य संस्थाबाट १५ करोड २८ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी यातायात, भण्डारण र सञ्चारबाट १२ अर्ब ५४ करोड र क्रमशः उत्पादन, खानी र उत्खननबाट नौ अर्ब ७७ करोड ९७ लाख, बिजुली, ग्यास र पानीबाट दुई अर्ब ७६ करोड २२ लाख, वित्तीय मध्यस्थताबाट दुई अर्ब १६ करोड ७५ लाख, शिक्षाबाट ३४ करोड ७७ लाख, निर्माणबाट १६ करोड १७ लाख, होटल तथा रेष्टुरेन्टबाट एक करोड १४ लाख र अन्य क्षेत्रबाट एक करोड २८ लाख रुपैयाँ विदेशी लगानीकर्ताले लगेका छन् ।

आर्थिक वर्ष २०७६/०७७ मा सबैभन्दा बढी उत्पादन, खानी र उत्खननबाट सात अर्ब ५२ करोड ७१ लाख र त्यसपछि क्रमशः वित्तीय मध्यस्थताबाट चार अर्ब ७९ करोड ९६ लाख, शिक्षाबाट ३४ करोड ७७ लाख, अन्य क्षेत्रबाट नौ करोड ७१ लाख, होटल तथा रेष्टुरेन्टबाट चार करोड २९ लाख, विद्युत्, ग्यास र पानीबाट तीन करोड २३ लाख, निर्माणबाट पाँच करोड, यातायात, भण्डारण र सञ्चारबाट ४१ लाख र स्वास्थ्य र सामाजिक कार्यबाट २३ लाख रुपैयाँ लाभांश विदेशी लगानीकर्ताले लगेका छन् । पछिल्लो समय नेपालमा सबैभन्दा बढी लगानी गर्ने मुलुकहरुमा पहिलो स्थानमा भारत, चीन, सेन्ट किट्स एण्ड नेभिज र आयरल्यान्ड रहेका छन् । यसका साथै सिंगापुर, अस्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटा मुलुक रहेको प्रतिवेदनमा उल्लेख छ ।

यता उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लकडाउनयता भने विदेशी लगानीकतालाई लाभांश लैजान अनुमति दिएको थिएन । उनीहरुले लगानी प्रस्ताव उद्योग विभागमार्फत गर्छन् भने लगानी भित्र्याउने तथा लाभांश लैजाने काम भने राष्ट्र बैंकमार्फत गर्छन् । यस्तै प्रतिवेदन राष्ट्र बैंकअन्तर्गत आर्थिक अनुसन्धान विभागले तयार गरेको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x