आज नयाँ आईफोन र हातेघडी सार्वजनिक गर्दै एप्पल
अमेरिका । चर्चित कम्पनी एप्पलले आज वार्षिक ‘आईफोन इभेन्ट’ कार्यक्रम गर्दै छ । कोरोनाका कारण यो कम्पनीको सातौँ भर्चुअल लन्च कार्यक्रम हुनेछ ।
यो कार्यक्रममा कम्पनीले नयाँ आइफोन, अपडेट गरिएको एयरपड र हातेघडी (एप्पलवाच) सार्वजनिक गर्न सक्ने विश्लेषकहरुले बताएका छन् । एप्पलको यो कार्यक्रमलाई विश्वभर चासोका साथ हेरिँदै आएको छ । एप्पलले पछिल्लो वर्ष बजारमा ल्याएको फाइभजी चल्ने आईफोन, म्याक र आईप्याडबाट राम्रै आम्दानी गरेको थियो ।
आईफोनको मात्रै ५० प्रतिशत राजस्व बढेको थियो भने म्याकको १६ र आईप्याडको १२ प्रतिशतले वृद्धि भएको थियो । यसका अन्य उत्पादनहरु हातेघडी र एयरपडको पनि राजस्व ४० प्रतिशतले बढेको थियो । गत वर्ष कोरोनाका कारण कम्पनीले सेप्टेम्बरमा नयाँ घडी ल्याएको थियो भने अक्टोबरमा आईफोन १२ ल्याएको थियो । आईफोन १२ पूर्ण नयाँ डिजाइन र फाइभजी प्रविधियुक्त थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै
- बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया