युरोपमा मदिराको कर दोब्बर बनाउन डब्लुएचओको सुझाव
ब्रसेल्स । विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउने सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट वर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने अपेक्षा गरिएको छ । क्यान्सरको रोकथापको लागि यो कदय उपयुक्त र प्रभावकारी हुने विश्वास लिइएको छ । यो सिफारिस लागू भएमा मदिरा सेवनबाट हुने विविध रोगहरूमध्ये उच्च रक्तचाप, कोलस्ट्रोल, कलेजो र मुटु रोगलगायतमा कमी आउने विज्ञले बताएका छन् । रुस र बेलायत लगायतका देश यो निर्णयबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।
विश्व स्वास्थ्य संगठनको प्रक्षेपणअनुसार यस कदमबाट १० हजार सात सय नयाँ क्यान्सरबाट हुने मृत्यु र चार हजार आठ सय ५० मदिरासेवनबाट हुने क्यान्सरबाट हुने मृत्यु घटाउन सकिनेछ । यो तथ्यांकले युरोप क्षेत्रमा हुने क्यान्सरको आक्रमण र मृत्यु दरको ६ प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार यस क्षेत्रमा एक लाख ८० हजार क्यान्सरको रोगी र ८५ हजार मृत्यु मदिरा सेवनसँग सम्बन्धित रोगबाट हुने गरेको अनुमान गरिएको छ । युरोपका २७ देशहरूमा मदिराको कर कमी रहेको उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनले बताएअनुसार ४८ लाख क्यान्सरका रोगीहरू वर्षेनी युरोपमामात्र पत्ता लाग्ने गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया